नागरिक पोष्ट News


यसरी चिन्नुहोस नक्कली नोट ! हेर्दा उस्तै नक्कली जाली नोट के हो ?

7.3K

बैंकबाट धेरै पैसा लिदा होस् वा कसैबाट धेरै पैसा लिदा नक्कली अर्थात जाली नोट तपाईलाई आउन सक्छ । बजारमा पनि बेला बेला नक्कली नोट गिरोह नै  पठाउने गर्दछन् । त्यसको मार सर्वसाधारणले खेप्नुपर्छ । 

अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको कुरा सार्वजनिक भइरहेको छ  ।  ५ सय र १ हजारका नक्कली नोटहरु बजारमा देखा पर्न थालेका बैंकहरुले नै जनाएका छन् ।

सक्कली र नक्कली नोट कसरी चिन्ने त सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।

नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुँरासको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन ।

देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायाँतर्फ रहेको सेतो भागको बायाँतर्फको रंगीन आधा अक्षर ९अंग्रेजीमा लेखिएको एनआरबी० लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।

सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवज कम हुन्छ ।

Must View