नागरिक पोष्ट News


काठमाडौंकी मेयर रञ्जुको यात्रा : गल्लीमा भेटिएको कार्डले डोर्याएको राजनीतिक

2.5K

 व्वाइज कट कपालबाट सोसल मिडियामा छाएकी रञ्जु दर्शनाको चर्चा काठमाडौंमा मेयरको उमेद्वारीले ह्वात्तै बढाइदिएको छ । सामाजिक सञ्जाल र अनलाइन मिडिाहरुको समाचारको खुराक बनेकी छिन् रञ्ज अहिले । मेयरमा उनको उम्मेदवारी घोषणालाई कतिपयले मजाकको विषय बनाएका छन् भने कतिपयले सराहना समेत गरेका छन् ।

काठमाडौंको धुलो धुवाँ, सार्वजनिक बसमा ठेलमठेल यात्रा, खाने पानीको हाहाकार, फोहोरको गन्ध, विकास( निर्माणका काममा हुने गरेका ढिलासुस्ती, बदमाशी र भ्रष्टाचारबारेको बेथितीको अन्त्यका लागि रञ्जु राजनीतिक यात्रामा होमिएकी हुन् । 

राजधानी काठमाडौमा उल्ल्ेखित बेथितीहरु चरम रुपमा रहेकोले विश्वकै  सुन्दर सहरको रुपमा काठमाडौलाई उभ्याउने सपनाका साथ रञ्जुले काठमाडौंको मेयरमा उमेद्वारी घोषणा गरेकी बताएकी छिन् ।  

राजनीतिमा ताजा हावा चाहिएको छ, त्यसैले काठमाडौंको मेयरमा उठेँ’  यात्रा

रञ्जु तीनै युवती हुन्, जसले चार वर्षअघि चक्रपथको एउटा गल्लीमा ‘स्माइल’ चित्रसहितको एउटा कार्ड भेटेकी थिइन् । उनले त्यो कार्ड ओल्टाइपल्टाइ हेरेकी थिइन्, जसमा लेखिएको थियो, विवेकशील नेपाली पार्टी ।

गल्लीमा भेटिएको कार्डमा हाँसिरहेको चित्रले आशाको द्विप जगाउन खोजेझैं उनलाई लाग्यो । घर गइन् र गुगलमा ‘विवेकशील नेपाली पार्टी’ टाइप गरिन् । पार्टीको वेबसाइट भेटियो । त्यहाँ राखिएको मेनिफेस्टो पढिन् र प्रभावित बनिन् ।

 

वेवसाइटमा एउटा आह्वान थियो, ‘भोलि चक्रपथमा जम्मा हौं । खुल्ला नेपालका पक्षमा आवाज बुलन्द गरौं ।’

 

उनलाई जाउँ(जाउँ लाग्यो ।

 

भनिएको समय र ठाउँमा पुगिन् उनी, जहाँ युवाहरुको एउटा समूह राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरिरहेका थिए । रञ्जुले टाढैबाट हात हल्लाइन् । उनीहरुले स्वागत गरे । उनी राष्ट्रिय झण्डा बोकेर अरुसँगै मिसिइन् ।

 

यो उनको राजनीतिक जीवनको पहिलो दिन थियो ।

 

रञ्जु एकल आमाकी एकल छोरी हुन् । उनी नजन्मिँदै बुवा र आमा सम्वन्धविच्छेद भएको रहेछ । महाराजगञ्जमा रहेको घरमा आमाले उनलाई एक्लै हुर्काइन् । त्यसैले उनी आमालाई आफ्नो सर्वश्व मान्छिन् ।

Source: Onlinekhabar/चिरञ्जीवी पौडेल

Must View