के डिआइजी नवराज सिलवाललाई नियन्त्रणमा लिनु ठीक थियो ?
शुसासन र कानूनलाई पछ्याउदै अपराधको जरो समात्ने नेपाल प्रहरीका बफादार अफिसर डिजाइजी नवराज सिलवाल आफैं प्रहरीको नियन्त्रणमा परे । २०७४ बैशाख ११ गते सोमबार उनलाई प्रहरी हेडक्वाटरको छानबिन टोलीले केही घण्टा नियन्त्रणमा लियो । डिआइजी सिलवाल बिरुद्ध कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको आरोप छ । त्यसका लागि गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । त्यही समितिले बयान लिएको र सिलवाललाई छाडिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले जानकारी दिएका छन् ।
छानविन टोलीले सिलवालसँग बयान लिइरहेका बेला सर्वोच्च अदालतमा भने बन्दीप्रत्यक्षीकरणको रिटमा बहस भएको थियो । सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा सोमबार नै रिहा गर्न आदेश पनि दियो ।
डिआइजी सिलवाल बिरुद्ध भएका पछिल्ला घटनाप्रति आम नागरिकले चासो देखाएका छन् । राम्रो काम गर्नेलाई पुरस्कार होइन किन हतोत्साही बनाइदैछ सामाजिक सञ्जालमार्फत नेपाल सरकार र गृह मन्त्रालयको सचेत नागरिकले आलोचना गरेका छन् । आखिर सत्यता के हो आम सर्वसाधारणले अझै बुझ्न सकेका छैनन् । आखिर जेसुकै भए पनि नेपाल प्रहरीमा राम्रो कामको सुरुवात डिआइजी सिलवालले पक्कै गरेका हुन् । रमेश खरेल सर्वेन्द्र खनाल लगायतका केही प्रहरी अधिकृतहरुले नेपाल प्रहरीमा राम्रो काम गरेरर नेपाल प्रहरीको साख बढाएका छन् ।
त्यसैले राम्रो काम गर्नेको सही मूल्यांकन हुुनुपर्ने सिष्टमको विकास सबैले चाहेका छन् । जसका लागि बिभिन्न माध्यमहरुमार्फत आएका जनआवाजहरुको पनि उचित सुनुवाई हुनुपर्ने देखिन्छ ।