नागरिक पोष्ट News


ज्ञान पौडेलको अध्यक्षतामा ललितपुर पत्रकार महासंघ

6.3K
 १० औ अधिवेसनबाट नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा ज्ञानप्रसाद पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् ।  अधिवेसनबाट खुला उपाध्यक्षमा सागर न्यौपाने,समावेशी उपाध्यक्षमा सृजना तिमिल्सेना, सचिवमा सविन शर्मा,सहसचिवमा रङसुर महतरा, समावेशी सहसचिवमा अस्मिता खड्का, कोषाअध्यक्षमा रामहरि कार्की चयन भएका छन् ।   तस्तै, १४ कार्य समिति सदस्यहरुमा वीरेन्द्र ओली,केसरी पुन,विमल श्रेष्ठ,गोपाल आलेमगर,श्याम तण्डुकार,गणेशबहादुर आचार्य, गोमा पाण्डे,भक्ती शाह,विकास भट्टराई, तेजबहादुर तामाङ,जिवी लामा रविन राई,दीपक न्यौपाने र रोशन घिमिरे रहेका छन् । अधिवेसनमा ललितपुर पत्रकार महाशाखाका पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो । सम्मान हुनेहरुमा सस्थापक पूर्व अध्यक्ष धर्मरत्न शाक्य,प्रभुनारायण बस्नेत,पूर्ण बस्नेत,उजीर मगर,दामोदर तिमिल्सेना र लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।

Must View