नागरिक पोष्ट News


आरती चटौत नेपाली टेलिभिजन पत्रकारीता क्षेत्रकी सफल पत्रकार

8.6K

 आरती चटौत नेपाली टेलिभिजन पत्रकारीता जगतकी सफल महिला पत्रकार रुपमा चिनिन्छिन् । टेलिभिजन पत्रकारीता यात्राका दौरानमा चटौतले थुप्रै आरोह अवरोहहरु पार गरेकी छिन् । विपदसम्बन्धी कार्यक्रम पहल, सूचना मेरो पनि हक र एनटीभी फोरमको समेत प्रस्तोता भएर काम गरिसकेकी आरती अहिले एनटीभीमा डेपुटी डाइरेक्टरको रुपमा कार्यरत छिन्।

आरती चटौतको सफल टेलिभिजन पत्रकारीता यात्राका आरोह अवरोहहरु

युएन नेपाल पत्रकार महासंघ मिडिया अवार्ड २०१२ बाट सम्मानित समेत भएकी आरती भन्छिन् , कोही मानिसबाट प्रभावित वा प्रोत्साहित हुनु, उसलाई आइडल ठान्नु सामान्य हो। तर कपी हुने चेष्टा गर्‍यो भने उसको पहिचान र अस्तित्व हुँदैन। त्यसैले आफ्नै छवि र  पहिचान बनाउन सिक्नुपर्दछ र सक्नुपर्दछ पनि । 

 प्रविधि वा अन्य सुखसुविधामात्र हेरेर हुँदैन। प्रतिकूलताभित्रै कर्म खोज्ने हो।’ प्रविधि र वातावरणले मात्र पत्रकारलाई सफलतातर्फ नडोहोर्‍याउने उनको ठम्याइ छ। उनको नजरमा ती सहायक हुन्। उनको बुझाइ छ( ‘पत्रकारको प्रधान विषय त देश र समाजलाई चिन्नु हो। बुझ्नु हो। मुद्दा छनोट, इमान, लगन र निरन्तरता पत्रकारका लागि मुख्य विषय हुन्।’

Must View