चौबिसै घण्टा पर्यटकको विशेष सुरक्षा व्यवस्था मिलाउदै -इन्स्पेक्टर तुलसा खतिवडा
नेपाल पर्यटकीय हब केन्द्र हो । यहाँ दैनिकी दर्जनौ संख्यामा नेपाली पर्यटकहरु भित्रने गरेका छन् । विदेशी पर्यटकको सुरक्षा चुनौती बढ्दै गइरहेको छ तर पनि सुरक्षित सुरक्षा व्यवस्थाको उचित प्रबन्ध नेपाल प्रहरीको पर्यटन प्रहरी युनिट अर्थात बिटले गरिरहेको छ । सन् १९७९ मा प्रहरी इन्स्पेक्टरको मातहतमा रहने गरी स्थापना भएको हो पर्यटन प्रहरी युिनट ।
पर्यटन यात्रामा जोडिएका विदेशी नागरिकको सुरक्षित यात्रा र सुरक्षाको अनुभुति व्यवहारमा लागू गर्न सफल पर्यटन प्रहरी युनिट मुख्य केन्द्र भृकुटीमण्डपको नेतृत्व सम्हालिरहेकी प्रहरी अधिकृत तुलसा खतिवडा चौबिसै घण्टा सुरक्षा व्यवस्था मिलाउन व्यस्त देखिन्छन् ।
पर्यटक प्रवेश केन्द्र र बाहिरिने केन्द्रमा पर्यटन प्रहरीको विशेष निगरानी रहन्छ । जहाँबाट उचित परामर्श, भौगोलिक विवरण सहित पर्यटकहरुको लगत समेत राख्ने काम हुन्छ ।
“Safety and security of foreign tourists our major concernहामीले प्रवेश केन्द्र भित्रिएका पर्यटक अर्थात विदेशी पााहुनाहरुलाई सूचनाको जानकारी पहिलो चरणमा दिने गर्दछौ, त्यपछि उनीहरुको लगत सकेसम्म डिजिटल रुपमा राख्ने व्यवस्था नेपाल पर्यटन बोर्डको सहयोग र समन्वयमा मिलाउदै आएका छौं, भृकुटी मण्डप पर्यटन बोर्डस्थित पर्यटन प्रहरी युनिटका अधिकृत तुलसा खतिवडाले भनिन् ।
विदेशी पर्यटकप्रति हुने चोरी, लुटपाट र ठगीका घटनाहरुलाई हुन नदिन पर्यटन प्रहरी युनिटले विशेष सर्तकता अपनाएको छ र सोही अनुसार प्रहरी प्रधान कार्यालयको समन्वयमा युनिटबाट विदेशी पर्यटकहरुको सुरक्षाको प्रबन्ध मिलाएको प्रहरी अधिकृत तुलसाले बताइनन् ।
हाल देशभरिका २६ स्थानमा २२७ जना प्रहरीहरु पर्यटन प्रहरी युनिटमार्फत पयर्टकको सुरक्षा गर्न खटिइरहेका छन् ।