नागरिक पोष्ट News


गोहीको मुखमा पुगेर बाँचेका युवकले उपचारकै पैसा तिर्न नसक्दा, सहयोगको अपिल !

2.5K
  हेर्नुस् त गोहीको मुखबाट फुत्केका यी बालक, 

उनलाई सहयोगको खाँचो छ । अस्पतालमा उपचार गरेको करिव डेढ लाख तिर्न सकेका छैनन् । सहयोग गर्न सम्पर्कका लागि 9827193431 (sarita) तलको लिंक पुरा पढ्नुहोस्.. 

Rabi Roshi

गोहीको मुखमा पुग्दा http://www.a2zsamachar.com/16413

 

चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किएका छन् भन्दा तपाईलाई आश्चर्य लाग्ला । यहाँ तितो यथार्थ भएको छ । गोहीले समाएका बालब बालक सकुसल फिर्ता भए । अहिले उनी उपचाररत छन् । गएको यही चैत २५ गतेको भरतपुर महानगर २३ जगतपुर घैलाघारीका बाह्र बर्षिय बालक अर्जुन हरिजन सदा झै चितवन निकुञ्जको छेवेमा रहेको राप्ती नदीमा पौडी खेल्न गए । सधैं पौडी खेल्ने ठाउँमा त्यो दिनपनि साथीसँगै पुगे ।

 

अपरान्ह ३,४ बजेको थियो । एक्कासी हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन् । लेउले ढाकेर बसेको थियो गोही । लेउ नै सम्झे । ‘म हामफालें, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ्याप्पै हात समायो’  अर्जुन भन्छन् । देब्रे हातमा समाएर ३ चोटी पछार्यो । त्यसलगत्तै पानी मुनी लग्यो । सामान्यतया गोहीले समाईसकेपछि पानी मुनी लगेर सासफेर्न नदिई मार्छ । ‘यो हात त सबै पड्यापुडुक भा छ’, गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने । यती गर्दा पनि बालबको होस भने गएको थिएन । गोहीले आफैंलाई गरेको आक्रमण हेर्दै थिए । फुस्कने कोशिष उनको व्यर्थ थियो । ‘मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानी मुनि नै साथीहरुले गोहीको आँखामा हाने , अनि भाग्यो ।’ अस्पताल बेडबाट खुसीकासाथ घटना बताए ।

उनहिरुका अनुसार सामान्य सुकुम्वासी परिवार एक कठ्ठा जमिन छ । त्यही पनि ऐलानी । घरको एउटा मात्रै छोरो । तीन छोरी । आमा फुलमायाँ अहिले १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा छिन् ।

कलेजको अर्थाेपेडिक वाडको २९६ नम्बर बेडमा उनी छन् । अर्जुनकी दिदी सरिता पनि अस्पताल मै उनको हेरचाहमा छिन् । अहिलेसम्म करिव झण्डै २ लाख पैसा लागेको छ ।

Must View