नागरिक पोष्ट News


केन्यासंग ५ विकेटले पराजित नेपाल

3.8K
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिवारको भएको खेलमा नेपाल केन्यासंग ५ विकेटले पराजित भएको छ । डिएल मेथडअनुसार भएको खेलमा केन्याले ९३ रनको लक्ष्य २४ . १ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि बीचमा वर्षाले खेलमा प्रभावित बनाएपछि खेल २६ ओभरमा झारिएको थियो त्यस अनुसार केन्यालले ९३ रन बनाउनुपर्ने थियो । केन्याका लागि कोलिन्स ओबोयाले सर्वाधिक २४ रन बनाए । इर्फान करिमले ८ रन बनाए । बर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, वर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्नसकेनन् । अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका थिए । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजैको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए । सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किएका थिए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए । शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका छन् । केन्याका लागि सेम नोङ्चे नेपालको ३ विकेट झारे । नेल्शन ओडिएम्बोले २ विकेट लिए । नेहिएम ओडिएम्बो, एलिज एन्टेनिओ र रकेप पटेलले एक(एक विकेट लिए ।

Must View