बेगम जान : बेश्यालयको कोठाबाटै ‘बिद्या बालन’ को बिद्रोह
निर्देशक- श्रीजीत मुखर्जी
कथा
भारत विभाजनको चपेटामा बेगम जान (बिद्या बलन)को कोठा पनि पर्छ । उनको हातमा पत्र पर्छ कि, ‘भारत वा पाकिस्तानको बिचको बाटो बनाउनका लागि तिम्रो कोठा हटाउनुपर्छ ।’ उनी वेश्यालयमा हुन्छे । बेगम जान यसरी विभाजनको रेखामा पर्न चाहदैनन् । यहिबाट कथामा ट्वीस्ट आउँछ ।
अब सरकारी षड्यन्त्र, दवाव सुरु हुन्छ । बेगम जानका साथै यस बेश्यालयमा बस्ने १० महिला र २ पुरुष आफ्नो अस्तित्व रक्षाका लागि खडा हुन्छन् । उनीहरु आफ्नो स्थान सुरक्षित गर्न बिद्रोह गर्छन् ।
बेगम जानको भूमिकामा बिद्या बालन एकदमै फिट छिन् । उनले आफ्नो चरित्रलाई कहिंपनि भद्दा र अस्वभाविक हुन दिएकी छैनन् । एक दृश्यमा उनी भन्छिन्, ‘महीना हमें गिनना आता है साहब…..हर बार लाल करके जाता है ।’ यसका साथै पल्लवी शारदा (गुलाबो)को अभिनय जोडदार छ
भारत विभाजनको संघारको पृष्टभूमीमा उनले एउटा बेश्यालयभित्रको कथा पस्किएका छन् । फिल्मको अवधारणा एकदमै बोल्ड छ । समग्रमा फिल्म शानदार छ । यसको सिनेम्याटिग्राफी, ड्रोन क्यामेराले लिएको सट, संवाद राम्रो छ । कथा अनुसार स्क्रिनप्लेमा भने सुधार गर्न सकिन्थ्यो । साथै सम्पादनमा पनि सुधार गर्ने ठाँउहरु छन् ।