नागरिक पोष्ट News


नोजाको २०७४ सालको शुभकामना साटासाट कार्यक्रम सम्पन्न

3.7K
२०७४ नयाँ वर्षको शुभ अवसरमा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) ले विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा  राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष (सभापति)  मुकुन्द ढुंगाना,प्रमुख अतिथि पूर्व मन्त्री लालबाबु पण्डित, विशेष अतिथिहरु डाइनिंग पार्क रेस्टुरेन्ट एंड बारका संचालक राजेन्द्र त्रिपाठी , नेविसंघका अध्यक्ष नैनसिंह महर ,पर्यटन विद दिपक महत ,बरिष्ठ अधिबक्ता बोर्ण बहादुर कार्की ,नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य राजेन्द्र सापकोटा , नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्बाचित केन्द्रीय सदस्य रामशरण थपलिया ,  शिक्षविद् भवानी प्रसाद पौडेल, ग्रिनसिटि हस्पिटलका अध्यक्ष लोक बहादुर टन्डन , ओंलनेस हस्पिटलका अध्यक्ष सृजना शर्मा , नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकाली, कलाकार सुष्मा कार्की सहित पत्रकार तथा विशिष्ट व्यक्तिहरुले आ-आफ्नो परिचय सहित सुभकामना आदानप्रदान गर्नुभएको  थियो । कार्यक्रममा बोल्दै बालबाबु पण्डितले २०७३ मा संविधान जारी भएपनि त्यसको कार्यान्वयन नयाँ वर्षमा हुने बताए।

Must View