नागरिक पोष्ट News


भर्न छुट्ला है ! बैशाखभित्रै ७ बैकको राइट शेयर, एक लघुवित्तको आइपीओ आउदैछ

4.4K
 बैशाखभित्रै  नेपाल बैंक, लक्ष्मी बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, सानिमा बैंक, नेपाल बंगलदेश बैंक र तनाउ बिकास बैंकले जारी गर्ने भएका छन् । माहुली लघुवित्त कम्पनीले भने १ लाख २० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

माहुली सामुदायिक लघुवित्तको सेयर बैशाख ७ बाट

गरिमा बिकासको बैशाख १४ बाट हकप्रद, चैत ३० गतेसम्म सेयर हुनेले पाउने

नेपाल बंगलादेशको बैशाख ७ बाट हकप्रद, पुँजी ८ अर्ब नजिक पुग्ने 

नेपाल बैंकले बैशाख ७ गतेदेखि जेठ १० गतेसम्म २३.७४ प्रतिशत हकप्रद जारी गर्न लागेको हो । चैत २९ गतेसम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउने भएको छ । यस सेयरमा बैंकको केन्द्रिय कार्यालय र सिभिल क्यापिटल मार्केटबाट आवेदन दिन सकिन्छ ।

लक्ष्मी बैंकले बैशाख ३ गतेदेखि १ बारबर १ अनुपातमा हकप्रद जारी गर्ने भएको हो । जेठ ७ गतेसम्म खुल्ने यस निष्काशनमा गत चैत १७ सम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउछ । बैंकको सबै कार्यालय र लक्ष्मी क्यापिटलको कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिन्छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गतेदेखि जेठ १० गतेसम्म १० बराबर ६ अनुपातमा हकप्रद जारी गर्दैछ । बैंकको सेयरमा गत फागुन १९ गतेसम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउनेछ । बैंकको सबै कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङबाट बैंकको सेयरमा आवेदन दिन पाइनेछ ।

सानिमा बैंकले बैशाख १७ गतेदेखि जेठ २१ गतेसम्म १० बराबर ३ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । चैत १७ गतेसम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउने भएको छ । यस सेयरमा बैंकको सबै कार्यालय, सिबिआइएल क्यापिटल र सानिमा क्यापिटलबाट आवेदन दिन सकिन्छ ।

तिनाउ डेभलपमेन्ट बैंकले बैशाख १९ गतेदेखि १० बारबर ३.५ अनुपातमा हकप्रद जारी गर्ने भएको हो । जेठ २२ गतेसम्म खुल्ने यस निष्काशनमा बैशाख ५ गतेसम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउछ । हकप्रद खरिद गर्न चहानेले बैशाख ५ गतेसम्म दोस्रो बजारबाट सेयर किनेर मौका जुराउन सक्छन् ।

Must View