नागरिक पोष्ट News


आइजीपीमा प्रकाश अर्याल, दिउँसो जसलाई सलाम गरे बेलुका उनकै सलाम खाए

3.5K
मनत्रीपरिषद् बैठकले प्रकाश अर्याललाई नेपाल प्रहरीको प्रमुख आइजीपीमा नियुक्त गरेको छ । प्रहरी प्रमुखमा नियुक्त भएका अर्याल को हुन् त ? यस्तै प्रशन उव्जनी स्वभाविक नै हो । ०४४ सालदेखि प्रहरीसेवामा लागेका अर्यालले थुप्रै राम्रा काम गरेका छन् । तर उनी सिआइबीमा रहँदा ३५ किलो सुन काण्डमासमेत मुछिएका थिए। प्रहरी सेवामा रहँदा उनीमाथि यो बाहेक अरु नराम्रो काण्ड भने खासै मच्चिएन् ।   

दिउँसोसम्म डिआइजी प्रकाश अर्यालका लागि एआइजी डा. दिनेशचन्द्र पोखरेल संगठन प्रमुख थिए । अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा सलाम गर्दै अर्यालले डा. पोखरेललाई आफ्नो विभागको ब्रिफिङ गर्दथे । तर, बेलुका अर्याल प्रहरी मुख्यालय पुग्दा उनै डा. पोखरेलले अर्याललाई सलाम गरे । साँझ सरकारले अर्याललाई आइजिपी नियुक्त गरेको थियो । जसका कारण अर्याल पोखरेलका हाकिम बनिसकेका थिए । प्रहरी इतिहासमा सम्भवतः पहिलोपटक यस्तो दृश्य देखियोे । 

भाग्यमानी अर्यालको त्रिभुवननगरदेखि हेडक्वार्टरसम्मको सत्य सेवा सुरक्षणम् यात्रा जन्म मितिः २०२० असार १४ गते ठेगानाः त्रिभुवन नगरपालिका–११, दाङ अध्ययनः स्नाकोत्तर प्रहरी सेवामा प्रवेशः प्रहरी निरिक्षकबाट ०४४ साल चैत १९ गते २०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्कीमा उनी प्रहरी प्रमुख भएर काम गरेका । अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख । महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख ट्याक्सीको मिटर चलाउन नमान्ने, मनपरि भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान । अमेरिकामा एफबिआई तालिम लिएका अर्याल प्रहरी अधिकृतहरूमध्ये पहिलो नम्बरमा छन् । अहिलेसम्म दुर्गम सेवा पदक, दैवीप्रकोप उद्धार सेवा, संयुक्त राष्ट्र संघ पदक पाइसकेका । गद्धी आरोहण रजत पदक, प्रदेश सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो र वीरेन्द्र ऐश्वर्या सेवा पदक पनि उनले पाएका सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन थालेका थिए । उनी सिआइबीमा रहँदा ३५ किलो सुन काण्डमा भने मुछिएका थिए। प्रहरी सेवामा रहँदा उनीमाथि लागेको दाग यही एउटा हो ।

Must View