नागरिक पोष्ट News


समाचार लाइभमा भारतीय समाचार वाचिकाले आफ्नै पतिको मृत्युको समाचार पढेपछि.....

4.5K
भारतको एक टेलिभिजनकी समाचारवाचिका सुप्रित कौर यस्तो अभागी समाचार वाचिका हुन्, जसले आफ्नै पतिको मृत्युको समाचार ‘ब्रेकिङ न्युज’ का रुपमा पढ्नु पर्यो ।

समाचार पढिरहेको बेला एउटा ब्रेकिङ न्यूज आयो– सडक दुर्घटनामा तीन जनाको मृत्यु । छत्तीसगढका क्षेत्रीय टिभी च्यानलकी समाचारवाचिका सुप्रितले त्यही बेला घटनास्थलमा संवाददातालाई फोन लगाइन् र घटनाका बारेमा थप जानकारी मागिन् ।

कौरले केही नभएजस्तो गरी आफ्नो भावनालाई काबुमा राखेर समाचार वाचन पूरा गरिन् । सुप्रितका साथीहरुले उनले व्यक्तिगत पीडामा पनि आफूलाई सम्हालेर कामप्रतिको दायित्व निर्वाह गरेको भन्दै तारिफ गरेका छन् ।

कौर आइबिसी २४ टिभी च्यानलमा ९ वर्षदेखि काम गरिरहेकी छन् । हर्षदसँग एक वर्षअघि मात्रै उनको विवाह भएको थियो । 

Must View