फागु पूर्णिमाको साँझ, प्रेमिकासँगै हिँडिरहेका वेला प्रेमीको हत्या ! यसरी भएको थियो
2.6K
प्रेमीको हत्या आरोपमा प्रेमिकासहित तीनजनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। भक्तपुर कोलाछेका २७ वर्षीय रतन्सुन्दर छिङगुतलाको हत्या आरोपमा प्रेमिका रेणुका सुवालसहित तीनजना विरुद्ध प्रहरीले शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरेको हो।
गत २९ फागुनमा छिङगुतलाको भक्तपुर दरबार स्क्वायरमा कुटपिटबाट हत्या भएको थियो। प्रहरीले भोलिपल्टै प्रेमिका सुवाललाई पक्राउ गरेको थियो। हत्यामा संलग्न भएको अभियोगमा अन्य दुई युवक मनोज कपाली र किशोर दुवालविरुद्धसमेत प्रहरीले मुद्दा दायर गरेको छ। तर, हत्याको कारण र प्रेमिकाको भूमिका भने खुलेको छैन।
प्रेमिकासँगै हिँडिरहेका वेला हत्या
फागु पूर्णिमाको दिन साँझ छिङगुतलाको हत्या भएको हो। प्रेमिकासँगै हिँडिरहेका वेला दुई युवकले उनीमाथि कुटपिट गरेका थिए। हत्या आरोपी कपाली र दुवाललाई प्रहरीले गत साता मात्र पक्राउ गरेको हो। हत्याका मुख्य आरोपी कपाली भएको प्रहरीले जनाएको छ। मदिराको नशामा उनले कुटपिट गरी हत्या गरेको प्रहरी अभियोगपत्रमा उल्लेख छ।
हत्यामा प्रेमिका सुवालको संलग्नताको कुनै प्रमाण नभेटिए पनि उनीविरुद्धसमेत मुद्दा दायर गरिएको छ। पक्राउ परेलगत्तै उनले आफूहरू हिँडिरहेका वेला दुई युवकले कुटपिट गरेको बयान दिएकी थिइन्। तर, उनको बयान चित्त बुझ्दो नभएको भन्दै प्रहरीले सुरुदेखि नै थुनामा राखी उनीविरुद्धसमेत कर्तव्य ज्यान मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा उनको कुनै संलग्नता नदेखिएको स्रोत बताउँछ।
सरकारी वकिल कार्यालयकै सल्लाहमा आफूहरूले मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाई बताउँछन्।