नागरिक पोष्ट News


थानापति सेवा समाजको वनभोज तथा शुभकामना आदानप्रदान २०७४ सम्पन्न

14.7K
 सबैले हारे पनि थानापतिले कहिल्यै नहारुन् भन्ने महत्वपूर्ण सन्देश
  • भरतराज उप्रेती

२०७४ सालको शुभकामना आदान प्रदान तथा पारिवारिक भेटघाटका लागि थानापति सेवा समाजद्धारा आयोजित वनभोज कार्यक्रम २०७३ चैत्र २६ गते शनिबार धार्मिक पर्यटकीय स्थल बज्रबाराही ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौंमा छरिएर रहेका २०० भन्दा बढी थानापति बासिन्दाहरुको सहभागीता रहेको थियो । थानापति सेवा समाजको वनभोज कार्यक्रमको अवसर पारेर  धार्मिक सास्ंकृतिक पर्यटनको महत्व बोकेको ललितपुरको बज्रबाराही मन्दिर नजिकै २ किलोमिडर दक्षिणमा रहेको सन्तानेश्वर महादेव मन्दिरको स्थलगत सामूहिक भ्रमण समेत गरिएको छ ।

कुनै पनि दलगत स्वार्थ, जातीय भेदभावभन्दा माथि रहेर सामाजिक उत्तरदायित्व वहन गर्ने थानापति सेवा समाजलको उद्देश्य र लक्ष्य भएकोले वनभोज कार्यक्रममा सबै राजनीतिक दलका अगुवा, समाजसेवी अग्रज र पारिवारिक सदस्यहरुको सहभागीता रहेको थियो ।  राजनीतिक तथा समाजसेवी व्यक्ति बाबुकाजी पाठक, ओझाराज उपाध्याय लोहनी, पदम उप्रेती, तोयनाथ थपलिया, गणेश उप्रेती,गोविन्द थपलिया, भरत पाठक, महेश सिलवालले थानापति सेवा समाजको सामाजिक उत्तरदायित्वको खुलेर प्रशंसा गर्दै नयाँ वर्ष २०७४ को शुभकामना सन्देश प्रदान गर्नुभएके थियो ।  थानापति समाजको स्थापना श्री जनज्ञान निकेतन माध्यमिक बिद्यालयको भौतिक संरचनालाई सहयोग गर्ने सोचका साथ भएको संस्थापकहरुले बताए । समाजका अध्यक्ष होमनाथ थपलियाले जातीय भेदभाव, धनी गरीब र राजनीतिक सोचबाट माथि रहेर मात्र थानापति सेवा समाज मार्फत आफ्नो सामाजिक उत्तरदायित्व चिनाउने माध्यमको रुपमा समाजलाई बुझिदिन आग्रह गर्नुभएको छ । थानापति क्षेत्रको ऐतिहासिक, धार्मिक, सास्कृतिक र पर्यटकीय तथा कृषि क्षेत्रको पहिचानलाई जिवन्त र विकसित रुपमा अगाडी लैजाने पुलको रुपमा थानापति सेवा समाजलाई अगाडी बढाउन सबै थानापति बासीहरुको हातेमालो आवश्यक रहेकोले तेरे मेरे र त्यसको भन्ने सोचबाट माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्न समाजका महासचीव पुरुषोतम थपलियालले सबैको ध्यानाकर्षण गराउनुभयो ।  भावी सन्तति र युवा पुस्तालाई समाज सेवा के हो किन हामी यसका लागि हामी अग्रसर हुनुपर्दछ भन्ने कुरालाई शिक्षाको पाठस्वरुप सिकाउन पनि थानापति सेवा समाजको भूमिका एवं पहल रहनुपर्नेमा कार्यक्रममा सहभागी सामाजिक क्षेत्रका व्यक्तिहरुले जोड दिएका छन् । थानापति सेवा समाज स्थापना भएको ६ वर्ष पूरा भइसकेको छ भने यसपटकको वनभोज कार्यक्रम तेस्रोपटक आयोजना भएको हो ।  विकासका लागि स्वच्छ राजनीतिक प्रतिस्पर्धा हुन जरुरी छ तर सामाजिक संघ संस्थाको विकासको नाममा राजनीतिक हुनुहुदैन । समाजप्रतिको दायित्व र जिम्मेवारी पूरा गर्न चुक्नुहुदैन, यसका लागि खुलेर सामाजिक विकास र सेवामा लागौं थानापति सेवा समाजको बनभोज तथा २०७४ सालको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी अग्रज तथा समाजसेवीहरुले बताए र खुलेर स्वेच्छाले सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।     आफ्नो काम व्यवसाय र आफ्नै दैनिकीमा भुल्दै गएको हाम्रो दायित्व र जिम्मेवारी हाम्रो समाजले खोजिरहेको छ । हामी सामाजिक चेतनशील प्राणी भएकोले हामी आफ्नो समाज, गाउँ र देशकै लागि सेवाको भावनाले अब पनि अग्रसर नहुने हो भने हाम्रो भावी सन्ततिले नैतिक चरित्र, आदर्शता र हाम्रो संस्कृतिसँगै सामाजिक जिम्मेवारीको जानकारी लिने फेरि कोरा किताब नै घोक्नुपर्ने नहोला भन्न सकिदैन । त्यसैले सामाजिक सेवामा हाम्रा सृजनशील हातहरु अगाडी बढाएर गाउँ, समाज , जिल्ला र देशकै लागि नमुना बनाउन जो जहाँ भए पनि थानापतिवासीहरुका लागि थानापति सेवा समाजले समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न आव्हान गरेको छ ।  

Must View