नागरिक पोष्ट News


यस्तो पनि प्रहरी अनुसन्धान, दुर्घटना गराउने भाञ्जा, पक्राउ परे मामा : जालझेल कसको ?

5.3K
 रुपन्देहीको एक प्रतिनिधि घटना 
  •  सलमान खान
कहिलेकाही प्रहरीको अनुसन्धान यस्तो पनि हुन सक्छ भन्ने कुराको एक प्रतिनिधि घटना बनेको छ रुपन्देहीको २०७३ साल चैत्र १७ गते भएको मोटरसाइकल सवारी दुर्घटना । सो घटनामा मंगलापुरबाट पुरानो सडकतर्फ जादै गरेको लु ७ प ७८६४ नम्बरको मोटरसाइकलले एक पैदलयात्रुलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा सवारी चालक र पैदलयात्रु दुवै घाइते भए र उनीहरुलाई स्थानीय क्रिमिसन अस्पतालमा प¥याइएको थियो भने ट्राफिक प्रहरीको टोली र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकृत भिमलाल भट्टराई तत्कालै दुर्घटनास्थलमा पुगेका थिए ।

 प्रहरीको जालझेल यस्तो पनि   

प्रहरीका अनुसार मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका(९ का १६ वर्षिय दुर्गा केसी थिए भने पैदलयात्रु तिलोत्तमा नगरपालिका(७ सुनेनापथका ७५ वषिर्य गुरुप्रसाद आले थिए । आलेको क्रिमिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चालक केसी उपचारत अवस्थामा रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेन । तर घटनाको दुई दिनपछि इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले घटनाको अनुसन्धान नै नगरी वाग्लुङ जिल्ला, देवीस्थान ९ का मिथुन भण्डारीले चलाएको मोटरसाइकलले दुर्घटना गराएको निस्कर्ष निकाल्दै भण्डारी उपर सवारी ज्यानमा मुद्दा चलाउन लगाएका छन् ।

 भण्डारी नातामा चालक केसीको मामा पर्छन् । स्रोतका अनुसार घटनालाई थामथुम पार्न पिडक र प्रहरीबीच रकमको लेनदेनका विषयमा छलफल चलिरहेको कारण प्रहरीले चालकलाई दुई दिनसम्म पक्राउ गरेको थिएन ।

 प्रहरी स्रोत भन्छ, ‘लाइसेन्स भएको व्यक्तिले चलाएको मोटरसाइकलबाट दुर्घटना भएको पुष्टी गर्नका लागि डिएसपिले भण्डारीउपर मुद्दा चलाउन निर्देशन दिएका हुन् । भान्जालाई जोगाउनका लागि मामा पक्राउ पर्न तयार भए ।’

Must View