वीर अस्पतालको ट्रमा सेन्टरमा नै झुण्डिएर आत्महत्या ! उपचारमा ढीलासुस्तीको कारण नै आत्महत्या
त्यसपछि पोखराको मणिपाल र फिस्टेल अस्पताल लगियो । त्यहाँ पनि उपचार भएन । त्यसपछि उनलाई छोरी र भदाले काठमाडौं ल्याएर ६ चैतमा ट्रमा सेन्टरमा भर्ना गरे । विशेषज्ञ डाक्टर गौरव ढकालले उनलाई हेरिरहेका थिए ।
धेरै दिन लगाएर जयकलामाथि अनेक परीक्षण गरिए र अन्तमा बोन टीबी भएको आशंका गरियो । त्यसलाई पुष्टि गर्न बायोप्सी गर्नुपर्ने भनियो । बायोप्सी गर्नलाई अप्रेसन थिएटरमा लैजानुथ्र्यो । त्यसका लागि गत शुक्रबारलाई समय दिइयो ।
तर, शुक्रबार बायोप्सी हुन सकेन । त्यस दिन नभ्याइएको भन्दै मंगलबारको समय दिइयो । तर, मंगलबारबाट फेरि शुक्रबारलाई सारियो । तर, त्यसको एक दिनअगाडि नै जयकलाले संसार छाडिन् ।
आत्महत्या गर्नुको रहस्य जयकलाले आफूसँगै लिएर गइन् ।
छोरी दिलपूजा भन्छिन्, ‘खोइ, आमाले के कारणले आत्महत्या गर्नुभयो ! दुःखको कुरा त केही
गर्नुभएको थिएन ।’
यद्यपि, अस्पतालले आफ्नो उपचारमा ढीलासुस्ती गरेकोमा आमा निराश बन्दै गएको उनी बताउँछिन् । पटक-पटक बायोप्सी (जसलाई उनले अपरेसन ठानेकी थिइन्) सारेकाले जयकला हतास बनेकी थिइन् ।
दिलपूजा आमाको भनाइ सम्झन्छिन् – ‘म बिसेक नहुने भएकाले डाक्टरहरुले अपरेसन सारेका हुन्, मलाई छिटो घर लैजाओ ।’
आफ्नो उपचार हुन नसक्ने ठानेर त्यही तनावमा जयकलाले आत्महत्या गरेको आशंका पनि गर्न सकिन्छ । या त उनले परिवारका सदस्यलाई आफ्नो कारणले थप आर्थिक बोझ नहोस् भन्ने सोचेर आत्महत्या गरेको पनि हुन सक्छ ।
ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले जयकलाको आत्महत्याबाट आफूहरु स्तब्ध बनेको बताए । आर्थिक समस्याले आत्महत्या गरेको हुनु नपर्ने उनको भनाइ छ ।
उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएकाहरुलाई हामीले उपचारमा सहुलियत दिँदै आएका छौं, उहाँहरुलाई त्यस्तो समस्या रहेको थाहा पाएको भए पक्कै हेर्ने थियौं ।’
वायोप्सी पटक-पटक सारिनुलाई उनले बाध्यात्मक बताए । डा. उपाध्यायले भने, ‘कहिलेकाहीँ अगाडिको बिरामीको अप्रेसन निर्धारित समयभन्दा लामो भइदिन्छ, यसले गर्दा पछाडिको बिरामीको अपरेसन सानुपर्ने वाध्यता हुन्छ ।
ट्रमा सेन्टरका नर्सहरुले बिरामीलाई दिने सेवा सन्तोषजनक नरहेको कुरुवाहरुले गुनासो गरेका छन् । नर्सहरुले बिरामीलाई नियमित हेरविचार नगर्ने, औषधि समयमा नखुवाउने तथा मोबाइलमा गेम खेलेर बस्ने गरेको उनीहरुले बताए ।‘दुई बजेको इन्जेक्सन कहिलेकाहीँ ४ बजे दिन्छन्,’ सोही वार्डमा बाबुको उपचार गराइरहेका दानबहादुर बिष्टले भने ।
अर्की कुरुवा भगवती शर्माले पनि नर्सहरुसँग आफ्नो धेरैपटक डिस्कस परेको बताइन् । ‘डाक्टरहरु सबैजना मज्जाको हुनुहुन्छ, तर नर्सहरुको पारा ठीक छैन,’ उनले भनिन् । -Onlinekhabar