नागरिक पोष्ट News


अटिजम स्कुलिङमार्फत अटिजम बालवालिकाको बौद्धिकस्तर उकास्दै एसएसडिआरसी

8.2K
 सन्दर्भ ! अप्रिल २ विश्व अटिजम सचेतना दिवस : अटिजम बारेको अवस्था पहिचान र व्यवस्थापन लागि सचेतना अहिलेको आवश्यकता 
  • भरतराज उप्रेती 
अप्रिल २ विश्व अटिजम सचेतना दिवस हो ।  अप्रिल २ लाई विश्वभर अटिजम सचेतना दिवसको रुपमा मनाइदै आइएको छ । अटिजम भनेको बालबालिकामा देखा पर्ने रोग नभएर एउटा बिशेष अवस्था हो भन्ने कुरा आम नागरिकलाई थाहा गराउने काम नै विश्व अटिजम सचेतना दिवसको मुख्य उद्देश्य हो ।    नेपालमा अटिजम वालबालिको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु क्रियाशील भएर लाग्न सकेका छैनन् तर एसएसआरडिसी अर्थात विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र नेपालको पहिलो अटिजम स्कूल हो । जसले अटिजम स्कुलिङ अर्थात शिक्षा स्वास्थ्य, परामर्शमार्फत अटिजम बालवालिकाको बौद्धिकस्तर उकास्दै आएको छ र  माया र सम्मानले अटिजम वालबालिकाहरुको क्षमताको बिकास गराउन सकिन्छ भन्ने कुरालार्इ प्रमाणित गरेर देखाइसकेको छ ।     विश्व अटिजम सचेतना दिवसको अवसर पारेर एसएसआरडिसीले २ अप्रिल २०१७ मा पेप्सिकोलास्थित आफ्नो स्कूलमा विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कार्यक्रममा अटिजम बारेको अवस्था पहिचान र सही व्यवस्थापनका लागि  सचेतना अहिलेको पहिलो आवश्यकता हो भन्ने कुरालाई सिकाउदै अगाडी बढेको एसएसडिआरसी र यसका अभियन्ता सबिता उप्रेतीको साहस र त्यागलाई सबैले प्रशंसा गरेका छन् । उक्त कार्यक्रममा समाज कल्यान परिषदका उपाध्यक्ष निलमणि बरालले  नेपालमा अटिजम सचेतना अभियानलाई बिभिन्न क्षेत्र र स्थानबाट सहयोग पु्याउने एक दर्जनभन्दा बढी समाजसेवी हातहरुलाई सम्मान पत्र, प्रशंसा पत्र र टोकन अफ लभले विशेष सम्मान समेत गर्नुभएको थियो ।    विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रमा अहिले ४५ जना वालबालिकाहरु अटिजम बारेको विशेष परामर्श ज्ञान, व्यवहारिक शिक्षाको कक्षा लिइरहेका छन् । कार्यक्रममा अभिभावकहरुको समेत सहभागीता रहेको थियो ।  

Must View