यसकारण बासी भात खानु पनि स्वास्थ्यको लागि फाइदाजनक !
बासी भात स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । असम एग्रीकल्चर यूनिवर्सिटीले गरेको एउटा अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो ।
राति उबि्रएको भातलाई एउटा माटोको भाँडोमा भिजाएर रातभर राखिदिनुस । यसबाट भात ‘फम्र्याट’ हुनेछ । तपाईं यसलाई प|mाइ गरेर दही वा प्याज र जरा हालेर खान सक्नुहुन्छ ।
एक सय ग्राम चामल पकाउँदा त्यसमा ३.४ मिलीग्राम आइरन हुन्छ । यदि हामी त्यति नै मात्रामा भातलाई कमसेकम १२ घन्टा भिजाएर खाजाको रुपमा खान्छौं भने त्यसमा आइरनको मात्रा बढेर ७३.९१ मिलीग्राम पुग्छ । त्यसैगरी यसमा सोडियम, पोटासियम र क्याल्सियमको मात्रा पनि बढ्छ ।
यदि तपाईंले हरेक बिहान बासी भात खानुभयो भने यसबाट तपाईंको शरीरको तापक्रम पनि नियन्त्रणमा आउँछ । भातमा भरपुर मात्रामा फाइबर हुन्छ जसबाट कब्जियत जस्ता समस्याबाट छुट्कारा मिल्छ । बासीभातमा तागतिलो तत्व हुन्छ । बासी भातलाई बिहान खाजाको रुपमा खाँदा शरीरमा स्फुर्तिको अनुभव हुनुका साथै यसले अल्सरको समस्यालाई पनि निवारण गर्न सक्छ ।