नागरिक पोष्ट News


जनचेतनाका लागि ! यसरी भोट हाल्नुहोस् स्थानीय चुनावमा, तपाईले भोट हाल्ने मतपत्र - नमूनासहित

4.3K
 निर्वाचन आयोगले तयार पारेको नमूना मतपत्र सार्वजनिक भएको छ । धेरै दलहरुलाई समेट्नुपर्ने भएकाले मतपत्र निकै भद्दा देखिएको छ ।मतपत्रमा क्रम संख्या १ देखि २७ सम्म दलको चुनाव चिन्हमा निर्वाचन लड्न पाउने हालको व्यवस्थापिका संसदमा बहाल दलहरुको चुनाव चिन्ह हुनेछ । त्यहाँ दलको नाम लेखिएको हुँदैन । आफूलाई मन पर्ने दलको चुनाव चिन्ह मात्र राखिएको हुन्छ । र त्यसै दलको चिन्हमा मत संकेत गरेर उक्त दललाई मत दिन सकिनेछ ।

एउटा मतदाताले ७ ठाउँमा मत संकेत गर्न सक्नेछन् । मतपत्रमा तेर्सो ७ वटा कोठा हुन्छन् । हरेक कोठामा दलको चुनाव चिन्ह हुन्छ । त्यो भन्दामाथि उम्मेदवारको पद लेखिएको हुन्छ ।

आफुले जुन पदको र जुन दलको उम्मेदवारलाई मत दिन चाहेको हो, त्यही पदको तल आफुले चाहेको चिन्हमा मत संकेत गर्नुपर्छ । यसरी स्थानीय तहको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्लातर्फका सदस्य निर्वाचित गर्न सकिनेछ ।

Must View