नागरिक पोष्ट News


ट्राफिक इन्स्पेक्टर सीताराम हाछेंथुको दैनिकी : घरदेखि सुसरालीसम्म युनिफर्ममै

9.4K
४२ जोर युनिफर्म र ९ जोर बुटका धनी  हाछेंथु :  दिनदिनै युनिफर्म फेर्ने गर्छन्  इन्स्पेक्टर सीताराम हाछेंथु, ट्राफिक प्रहरीका लोकप्रिय र जनप्रिय प्रहरी अधिकृत हुन् । प्रहरीको युनिफर्मप्रति सीतारामको एक किसिमको आशक्तिमात्र होइन सम्मान र आत्मगौरव पनि छ। त्यसैले हाछेंथु न दौरा सुरुवालमा प्रकट हुन्छन्, न जिन्स र टिसर्ट पाइन्टमै। न सुटमा देखा पर्छन्, न ट्राउजर र ज्याकेटमा । उनी हरबखत प्रहरी युनिफर्ममै देखिन्छन्, बिहान ६ बजेदेखि राति ९ बजेसम्म ।

युनिर्फम नलगाई सीताराम हम्मेसी बाहिर निस्किँदैनन् । ‘जबसम्म म प्रहरीको युनिफर्म लगाउदिनँ । स्वयंलाई सीताराम हुँ जस्तो लाग्दैन’ सीताराम सुनाउँछन् ।

प्रहरी सेवामा लागेपछि १८० डिग्रीमा बदलिएका  भक्तपुरका रैथाने ठिटो सीताराम हाछेंथु शुरुमा सुकुलगुण्डो थिए  Image result for sitaram-hachhethu

उनी युनिफर्म छाड्दैनन्, चाहे सातामा एकपटक भक्तपुरको सूर्यविनायकस्थित घरमा पुग्दा होस्, चाहे ससुराली । दशैंको टीका थाप्नदेखि पारिवारिक घुमघाममा समेत उनी ट्राफिक प्रहरीकै गेटअपमा हुन्छन् ।

ट्राफिक प्रहरीको युनिफर्म मात्र ४२ जोर छ, सीतारामसँग । आज लगाएको युनिफर्म उनी भोलिपल्ट दोहोर्‍याएर लगाउँदैनन् । धोएर, आइरन गरेर ह्याङगरमा चिटिक्क सजाइएको युनिफर्म हरेक दिन लगाउँदै जाँदा ४२ दिनसम्म उनले दोहोर्‍याउनु पर्दैन ।  युनिफर्म पहिरिएपछि सीतारामको फूर्ति एकाएक बढ्छ । उनको शरीर सबै अवयव, इन्द्रिययहरु सर्तक हुन्छन् । जोस र जाँगर थपिन्छ ।

Must View