नागरिक पोष्ट News


महिलाको कानमा औँला हाल्नु पनि बलात्कार ! कस्तो हिंसालाई बलात्कार मान्ने ?

3.4K
 सन् २०१३ मा कडा बनाएसँगै भारतको बलात्कार विरोधी कानूनको प्रयोग निर्दोष मानिसहरुलाई फसाउनका लागि प्रयोग भैरहेको छ । यो भनाई हो भारतको मानुषी पत्रिकाकी संस्थापक तथा इण्डियन काउन्सिल अफ सोसल साइन्स रिसर्चकी राष्ट्रिय प्राध्यापक मधु किश्वरकोे ।

मधु किश्वरका अनुसार कानूनी परिभाषा अहिले यस्तो छ कि यदि कोही पुरुषले कुनै महिलाको कानमा औँला हाल्यो भने पनि त्यसलाई बलात्कार मान्न सकिन्छ ।  

महिलाको कानमा औँला हाल्नु पनि बलात्कार हुन्छ ? - भारतको मानुषी पत्रिकाकी संस्थापक मधु किश्वरको एक रिपोर्ट

हुनत कानमा औँला हालेर बलात्कारको अभियोग लागेको घटना भारतमा अहिलेसम्म सार्वजनिक भएको छैन तर बलात्कारको परिभाषाको दायरा यति वृहत छ कि भविष्यमा यस्तो नहोला भन्न सकिन्न ।

सन् २०१३ मा गरिएको संसोधन भन्दा अघि बलात्कार विरोधी कानूनमा बलात्कारको परिभाषा थियोः जबरजस्ती गरिएको सम्भोग ।  सन् २०१३ मा यसको दायर दायरबढाइयो, जसमा महिलाको शरीरको कुनैपनि अंगमा (जसमा महिलाको मुख पनि हुनसक्छ, अर्थात् मुख र गुँदा मैथुन) कुनैपनि चिज हालिदिनु वा शरीरको कुनैपनि अंग हालिदिनु (जस्तै पुरुषको औँला) लाई पनि बलात्कार मानिनेछ । यो परिभाषा अनुसार जबरजस्ती चुम्बन गर्नु तथा गला मिलाउनुलाई पनि अब बलात्कारको उजुरीको रुपमा पेश गर्न थालिएको छ ।

आफ्नो याचिकामा किश्वले १६ देखि १८ वर्ष उमेरका किशोर किशोरीहरुका बीच यौन सम्बन्धलाई बलात्काको दायरामा ल्याउने विषय पनि उठाएका छन् ।

सन् २०१३ मा कानूनमा संसोधन गरी सहमतीमा यौन सम्पर्क गर्नका लागि १६ वर्ष उमेर हुनुपर्ने प्रावधानलाई बढाएर १८ वर्ष बनाइएको थियो । जसका अनुसार १६ देखि १८ वर्ष उमेरका किशोर किशोरीहरुबीच सहमतीमा हुने सेक्सलाई समेत बलात्कार करार गर्न सकिन्छ ।

-बीबीसी हिन्दी

Must View