नागरिक पोष्ट News


ट्राफिक नियम सिकाउदै सामाजिक उत्तरदायित्व वहन गरिरहेकी: महिला प्रहरी अधिकृत रुपा लाबुङ

9.2K
झापाको पृथ्वीनगरमा सामान्य किसान परिवारमा जन्मे–हुर्केकी रुपा लाबुङ आजभोलि प्रहरी इन्सपेक्टरको बर्दीमा राजधानीको थापाथली चोकमा सिठ्ठी फुकिरहेको अवस्थामा भेटिन्छिन् ।
  • बिजु महर्जन 
थापाथली चोककी महिला प्रहरी इन्सपेक्टर   रुपाले कहिल्यै प्रहरीको बर्दी लगाउँछु भन्ने सोचेकी थिइनन् । तर जिन्दगी सोचेजस्तो हुँदो रहेनछ । साथीहरुसँग मिलेर प्रहरी इन्सपेक्टरको फर्म भरेकी रुपाले एकै पटकमा पास भइन् । बरु अन्य साथी फेल भए । २०६७ सालमा उनले प्रहरी इन्सपेक्टरको बर्दी लगाइन् । प्रहरीको बर्दीभित्र आफ्लाई गौरवान्वित ठान्ने रुपा सङ्गठनले आफूलाई धेरै कुरा दिएको र कहिल्यै महिला वा पुरुष भनेर नछुट्याएको बताउँछिन् ।            ‘सानैदेखि पढ्न मन पथ्र्यो, पढाइमा मेहनत गर्दै गएँ । घरको वातावरण पनि छोरी र छोरा भनेर विभेद गर्ने थिएन । छोरी मान्छेले गर्ने सक्दैनन् भनेर मेरो आमाबुबाले कहिले सोच्नु भएन’, त्यसैले मेरो आत्मविश्वास बढ्दै गयो । २०६५ सालमा ब्याचलर सकेँ ।  स्नातक तहको पढाइ पूरा गरेपछि काठमाडौ आए । आमा–बुबाले पैसा पठाएर काठमाडौँमा पढ्न सक्ने अवस्था थिएन । त्यसपछि जागिर खोज्न थालेँ ।’   हरेक दिन कान्तिपुरको वर्गीकृत विज्ञापनमा आँखा डुलाउने रुपाले पुरानो बानेश्वरस्थित एक कस्मेटिकको डिलरमा काम पाइन् । मासिक चार हजार तलब पाउने भनिए पनि पहिलो महिनाको तलब काम मिलाइदिने बिचौलिया कम्पनीलाई बुझाउनुपथ्र्यो । केही समय नेपालकै पुरानोमध्येको न्युरोडको हिकोला ल्याबमा एकाउन्टेन्टको काम गरेकी रुपालाई त्यतिबेला लाग्थ्यो, ‘जागिर नभएपछि सास बन्द हुन्छ कि क्या हो ।’   रुपाले कहिल्यै प्रहरीको बर्दी लगाउँछु भन्ने सोचेकी थिइनन् । तर जिन्दगी सोचेजस्तो हुँदो रहेनछ । साथीहरुसँग मिलेर प्रहरी इन्सपेक्टरको फर्म भरेकी रुपाले एकै पटकमा पास भइन् । बरु अन्य साथी फेल भए । २०६७ सालमा उनले प्रहरी इन्सपेक्टरको बर्दी लगाइन् । प्रहरीको बर्दीभित्र आफ्लाई गौरवान्वित ठान्ने रुपा सङ्गठनले आफूलाई धेरै कुरा दिएको र कहिल्यै महिला वा पुरुष भनेर नछुट्याएको बताउँछिन् । २०६९ सालमा रौतहटको गरुडामा महिला तथा बालबालिकाका सेल सेन्टरको इन्चार्ज भएर काम गरेकी रुपमाले त्यहाँका महिलाहरुको अवस्था नजिकैबाट बुझ्ने अवसर पाइन् । ‘महिलाहरुको अवस्था तराईमा निकै दयनीय छ’, ‘उनीहरुलाई आफ्नो हक अधिकारहरु के–के हुन थाहा छैन, बुझाउन खोज्दा पनि बुझ्ने क्षमता एकदमै कम हुन्छ ।’ काम गर्दाको अनुभव हो, मेरो रुपाले भनिन् ।   बिहान ८ बज्दा नबज्दै इन्सपेक्टरको बर्दी लगाएर थापाथली चोकमा निस्कने लाबुङ ११ बजे खाना खान्छिन् । खाना खाएपछि सेवाग्राहीको गुनासो सुन्नेदेखि अफिसियल काममा व्यस्त रहने रुपा साँझ ४ बजे थापाथली चोकमा पुगिहाल्छिन् । साँझ ८ बजे ट्राफिक महाशाखामा रिपोर्टिङ गरेपछि उनी निवासमा फर्किन्छिन् । कराँतेमा ब्राउन बेल्ट र त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेकी रुपाको ‘पीएचडी गर्ने सोच छ’।   - बिजु महर्जनको रातो पाटी डट कम मा प्रकाशित रिपोर्टको सम्पादित अंश

Must View