यी हुन् काठमाडौंको मेयर र उपमेयरमा कांग्रेसका दाबेदारहरु
काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका छन् । यी ११ वटा स्थानीय तहमा उठ्ने खोज्ने उम्मेदवारहरुले आफ्नो चासो देखाइरहेका छन् । कांग्रेसले स्थानीय तहका राम्रा नेताको नामावली पठाउन निर्देशन दिइसकेको अवस्थामा कांग्रेसका नेताहरुले टाउको उठाइरहेका छन् । माउ पार्टी कांग्रेस र विभिन्न भातृ संगठनमा रहेका नेताहरुले स्थानीय तहको मेयर तथा उपमेयरमा उठ्ने चाहाना देखाइरहेका छन् । स्थानीय तहको चुनावमा सभापति देउवा, नेता रामचन्द्र पौडल र कृष्ण प्रसाद सिटौलाको समुहले पक्कैपनि हावी हुन खोज्ने छ ।
काठमाडौंकै स्थानीय भएकोले प्रकाशमान सिंहको भूमिका पनि कडा हुन सक्ने अपेक्षा गरिएको छ । अब हेरौं विभिन्न नगरपालिका तथा महानगरपालिकाका सम्भावित उम्मेदवारहरूको विवरण । काठमाडौं महानगरपालिकाः काठमाडौं महानगरपालिकालाई निकै महत्वको रुपमा हेरिएको छ । यहाँ अहिलेका स्वास्थ्यमन्त्री गगन थापा उठ्न सक्ने चर्चाहरुपनि आइरहेका छन् । साथै यहाँ तीर्थमान डंगोल, प्रगती रञ्जीत, नरोत्म बैद्य र राजराज जोशीको नाम चर्चामा छ ।
बुढानिलाकण्ठ नगरपालिकाः
बुढानिलकण्ठ नगरपालिकामा कांग्रेस सभापति शेरबहादुर देउवाको बासस्थल हो । यो क्षेत्रमा मेयर उठ्ने उम्मेदवारको विशेष महत्व रहन सक्छ । यहाँ राजु श्रेष्ठ, न्हुच्छेनारायण श्रेष्ठ, राजाराम बुढाथोकी, गणेश कोइराला, राजाराम बुढाथोकी, गोकर्ण केसी र विनोद चालिसेको नाम चर्चामा छ ।
गोकर्णेश्वर नगरपालिकाः
गोकर्णेश्वर नगरपालिकामा कृष्ण ज्योती, लालबहादुर तामाङ, सुदर्शन सिग्देल, दिपक रिसाल र शान्ता नेपालको चर्चा चुलिएको छ । शंखरापुर नगरपालिकाः
यहाँ जयराम पुडासैनी, विष्णुगोपाल श्रेष्ठ, दिलीपकुमार श्रेष्ठ, राजुभाई मानान्धर र संगिता श्रेष्ठको नाम चर्चामा छ ।
कागेश्वरी मनोहरा नगरपालिकाः यो नगरपालिकामा विनोद सिलवाल, नवराज पुडासैनी, उपेन्द्र कार्की, शंखर थापा, भरत दंगाल र गोविन्द्र पुडासैनी चर्चामा छन् ।
चन्द्रागीरी नगरपालिकाः
यहाँ चाहिँ जयकृष्ण महर्जन, घनश्याम गीरी, धर्मानन्द श्रेष्ठ, राजेन्द्र विक्रम बानियाँ र कृष्ण महर्जनको नाम चर्चामा छ ।
दक्षिणकालि नगरपालिकाः
दक्षिणकालि नगरपालिकामा सिद्धिमान श्रेष्ठ र मोहन बस्नेत चर्चामा छन् ।
किर्तिपूर नगरपालिकाः किर्तिपुर नगरपालिकामा राजकुमार नकर्मी, कृष्णमान डंगोल, राममान सिंह र पुकार महर्जन चर्चामा छन् ।
नागार्जुन नगरपालिकाः नागार्जुन नगरपालिकामा मोहन बस्नेत, मिनबहादुर मानन्धर, केदार मानन्धर, रामेश्वर भट्टराई, धर्मराज गौतम र सरस्वती भट्टको चर्चा चलिहरको छ ।
टोखा नगरपालिकाः टोखा नगरपालिकामा माइला डंगोल, बसन्त श्रेष्ठ, हरिहर अधिकारी र कशिनारायण श्रेष्ठको चर्चा चलिरहेको छ ।
तारकेश्वर नगरपालिकाः
तारकेश्व्र नगरपालिकामा इन्द्रमान महर्जन, विष्णुभक्त तिमिल्सिना, धर्म अर्याल, सुदर्शन आचार्य, केदारनाथ पाठक र मुरारी तामाङको नाम चर्चामा आइरहेको छ ।