नागरिक पोष्ट News


म्यादी प्रहरी बन्न पढेलेखेका र आधुनिक युवतीहरू समेत इच्छुक

3.7K
  बेरोजगारीको भयावह स्थिति, म्यादी प्रहरीमा महिलाको आकर्षण बढ्दो जीवन पराजुली १८ वर्ष उमेर पुगेका र ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि निवेदन दिन सक्नेछन् । काभ्रे,  आगामी २०७४ को वैशाखमा हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा देशभर म्यादी प्रहरी भर्नाको काम शुरु भएको छ । म्यादी प्रहरीका लागि काभ्रेमा आवेदन दिनेमा महिलाको संख्या अधिक देखिएको छ । फुर्सदको समयमा छोटो समयका लागि मात्र भएपनि जागिर खाने र समयको सदुपयोग हुने भन्दै महिलाहरूले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका हुन् ।  बेरोजगार बस्नुभन्दा केही रकम कमाइ पनि हुने र समयको सदुपयोग हुने भएकाले आवेदनका लागि आएको काभ्रे कानपुरकी मीना लामाले सुनाइन् ।  देशमा बेरोजगारको संख्या बढ्दै गएकोले ५५ दिनका लागि मात्रै भएपनि म्यादी प्रहरीमा जागिर खानको लागि युवाहरूको आकर्षण बढेको छ ।  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवेदन खुल्ला भएपछि पाँच दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा हालसम्म ७ सय जनाले म्यादी प्रहरीमा काम गर्न पाऊँ भन्दै निवेदन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सहकुल थापाले जानकारी दिए । निर्वाचनमा खट्ने म्यादी प्रहरीलाई प्रहरीको जवानले पाएसरहको तलब, भत्ता तथा अन्य सुविधाहरू उपलब्ध हुनेछ । म्यादी प्रहरीका लागि १८ गतेसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरी प्रधान कार्यालयले ७५ जिल्लाका लागि प्रतिजिल्ला एक हजारका दरले म्यादी प्रहरी माग गरेको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार म्यादी प्रहरीमा आईएसम्म अध्ययन गरेका युवाहरूले काम गर्नका लागि निवेदन दिएका छन् ।  म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मङगलबार लामबद्ध महिला उम्मेदवार । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Must View