हस्पिटालिटी अवार्ड सम्मान : हस्पिटालिटी फाउन्डेशन अफ नेपालको
संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गले हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजना गरेको नेपाल हस्पिटालिटी एवार्डमा २०७३ सात विधामा एवार्ड प्रदान गर्नु भयो । इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपनरवाट राजेन्द प्रसाद त्रिपाठी , गेस्टोनमि एवार्डवाट सुरेश चन्द्र बस्नेत, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बार वाट राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा बुटिक होटल ठमेलका रमेश नापित , वेस्ट ट्राभल एण्ड टुर वाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल) र वेस्ट एयर होस्टेस एकेडमी एवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा एवार्ड वितरण गरिएको थियो । नेपालको इतिहासमा पहिलो पटक यस खालको एवार्ड प्रदान गरिएको हो । कार्यक्रम माथि प्रकाश पार्दै हस्पिटालिटी फाउन्डेशनका अध्यक्ष तथा कार्यक्रमका सभापति महेशराज ढकालले नेपालमै यस खालको एवार्ड आफुहरुले व्यक्तिगत प्रयासमा गरेको बताउँदै भविस्यमा यस खालको कार्यक्रममा पर्यटन क्षेत्रका सरोकार वालाहरुले पनि सहयोग गर्ने अपेक्षा राख्नु भयो ।