नागरिक पोष्ट News


नेपालमा अनलाइन सञ्चार मिडियाको भविष्य उदयमान छ :सन्दर्भ नोजाको वार्षिक उत्सव

5.2K
 नोजाको प्रथम बार्षिकउत्सव समारोह भव्यताको साथ सम्पन्न (फोटो फिचर सहित ) अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ नोजा को प्रथम बार्षिकउत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ । नोजाको पहिलो वार्षिक उत्सव समारोहको अवसरमा आयोजित पर्यटन र आर्थिक क्षेत्रमा अनलाइन मिडियाको भूमिका विषयक अन्तरक्रिया बोल्ने अधिकांश वक्ताहरुले नेपालमा अनलाइन सञ्चार मिडियाको भविष्य उदयमान रहेको बताएका छन् ।  नेपाल टुरिजम बोर्डको हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पर्यटनको आर्थिक विकासको लागि अनलाइन मिडिया र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण  रहेको बताउदै सूचना र जानकारीलाई सही रुपबाट सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको युग सूचना संचारको भएकोले अबको केही वर्षभित्रै अनलाइन सञ्चार माध्यमले नेपालमा धेरै ठूलो फड्को मार्ने पनि डा. महतले बताए । पर्यटन भनेको देशको प्रमुख आधार हो । पर्यटन बिना देश विकास सम्भव छैन । त्यसैले सबै राजनीतिक दललाई पर्यटन क्षेत्रमा सहयोग गर्न आग्रह समेत महतले कार्यक्रममार्फत गरेका छन् । अनलाइन सञ्चार माध्यम र सञ्चारकर्मीको छाता संगठन नोजाले नेपाली सञ्चार क्षेत्रको बृहत्तर  विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चारमाध्यममार्फत सूचना सम्प्रषणको साथै पत्रकारहरुको हकहित र राष्ट्र निर्माणमा कलमको माध्यमबाट हरेक ठाउका आवाजहरुलाई बुलन्द गर्दै आइरहेका नोजाका केन्द्रीय अध्यक्ष मुकुन्द कुमार ढुंगानाले बताए ।   कार्यक्रममा पर्यटन पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गरेका राससका अच्यूत रेग्मीलाई राष्ट्रिय अनलाइन पत्रकार संघले  जया देबकोटा स्मृति नगद  एघार हजार एक सय एघार को पुरस्कारबाट सम्मान समेत गरेको छ ।

Must View