नागरिक पोष्ट News


धेरै पुँजी हुने बैकमा कृषि बिकास र नेपाल इन्भेष्टमेन्ट बैंक, (कसको कति पूँजी)

4.1K
 काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पुँजीको आधारमा सबैभन्दा अग्र पाँच स्थानमा कृषि बिकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक र एनएमबी बैंक रहेका छन् ।

कृषि बिकास बैंकसँग कुल पुँजी कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्टको यो कोषमा १९ अर्ब ६६ करोड, हिमालयनमा ११ अर्ब ५२ करोड, एभरेष्टको ११ अर्ब ९ करोड र एनएमबीको १० अर्ब ८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । ग्लोबल आइएमइ बैंकको पनि यस्तो कोषमा १० खर्ब ३ करोड रुपैयाँ रहेको छ ।

बैंकहरुमा बिभिन्न माध्यमबाट उपलब्ध हुने पुँजी (निक्षेप बाहेक) हरुलाई बैंकहरुको कुल पुँजी कोषमा देखाइन्छ । यस्तो कोषमा रहने पुँजीलाई पनि दुई अलग शीर्षक मार्फत् देखाइएको हुन्छ, ती हुन् टियर वान र टियर टु । टियर वानमा सेयर पुँजी (चुक्ता पुँजी), अक्षय प्रकृतिको तर थपिदै नजाने अग्राधिकार कोष, अक्षय ऋण उपकारण लगायत राखिन्छन् । त्यस्तै टियर टुमा परिपक्व अवधि ५ वर्ष वा सोभन्दा माथी रहेका अग्राधिकार सेयर उपकरण, जनरल कर्जा नोक्सानी प्रावधानलगायतमा राखिने पुँजी हुन्छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार टियर वानमा बैंकहरुले कोर पुँजीको तुलनामा कुल जोखिम भारित कर्जा (सीसीएआर को ६ प्रतिशत बराबर रकम र टियर टुमा कुल पुँजी कोष तुलनामा कुल जोखिम भारित कर्जा १० प्रतिशत रकम अनिवार्य राख्नै पर्छ । यो सीमाभन्दा कम पुँजी भएमा बैंक तथा वित्तीय संस्थाले बोनस वा नगद लाभांश वितरण गर्न पाउँदैनन् । बैंकहरुले ऋणपत्र जारी गरेर पनि यस्तो कोष बढाउने गर्छन् ।

एनएमबी, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमबइ लगायतले २०७७ देखि २०७८ सम्ममा परिपक्व हुने ऋणपत्र जारी गरेकोले पनि कल पुँजी कोष धेरै देखिएको हो । कृषि बिकास र एभरेष्ट बैंकमा पनि अग्राधिकार सेयर मार्फत् लगानी भएको छ ।

 

Must View