नागरिक पोष्ट News


थानापति सेवा समाजको वनभोज कार्यक्रम चैत्र २६ गते: अनिवार्य सहभागीताका लागि हार्दिक अपिल !

4.9K
  थानापति सेवा समाजको आयोजनामा तेस्रो वनभोज कार्यक्रम २०७३ यही चैत्र २६ गते शनिबार ललितपुरको बज्रबाराही चापागाउँमा हुने भएको छ । वनभोज कार्यक्रमको मुख्य उद्देश्य आउदै गरेको नयाँ २०७४ को शुभकामना आदान प्रदान तथा भेटघाट र पारिवारिक मनोरञ्जन रहेको छ । थानापति समाजले वनभोज कार्यक्रम विगत २ वर्षदेखि गर्दै आएको छ । यस पटकको वनभोज कार्यक्रममा सबैको अनिवार्य सहभागीताका लागि समाजले थानापति गा.वि.स का सबै काठमाडौं बासीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।   वनभोज कर्यक्रममा सहभागीताका लागि महासचीव र कोषाध्यक्षलाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ । पुरुषोतम थपलिया- महासचिव बद्रीप्रसाद खकुरेल -कोषाध्यक्ष 9841361175 थानापति गा.वि.स नुवाकोट जन्मथलो रहेर कर्मथलोका लागि काठमाडौं लगायत देश तथा विदेशमा छरिएर रहेका बुद्धिजीवि, समाजसेवी, व्यवसायिक र राजनीतककर्मी सबैलाई गोलबन्द गर्ने मञ्च हो थानापति सेवा समाज । विकासका लागि स्वच्छ राजनीतिक प्रतिस्पर्धा हुन जरुरी छ तर सामाजिक संघ संस्थाको विकासको नाममा राजनीतिक हुनुहुदैन , समाजप्रतिको दायित्व र जिम्मेवारी पूरा गर्न चुक्नुहुदैन, त्यसका लागि खुलेर सामाजिक विकास र सेवामा लागौं भन्ने मुल मर्मका साथ थानापति सेवा समाज आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै अगाडी बढिरहेको छ । थानापति सेवा समाज स्थापना भएको ५ वर्ष पूरा भइसकेको छ । हाल समाजमा २०० आजीवन सदस्यहरु रहेका छन् भने समाजले १० लाखको अक्षयकोष खडा गरेको छ । उक्त अक्षय कोषबाट नमुनामुलक सामाजिक सेवामुलक काय गर्ने जनाएको छ । समाजको अध्यक्ष होमनाथ थपलिया, महासचीव पुरुषोतम थपलिया र कोषाध्यक्ष बद्रीप्रसाद खकुरेलको सक्रिय ११ सदस्यीय समिति रहेको छ । समाजले २०७३ सालदेखि आजीवन सदस्यका छोराछोरीहरुलाई हौसला र प्रोत्साहन दिने गरी १३ जना एसएलसी उत्कृष्ट उत्तीर्ण र उत्तीर्ण दुबैलाई सम्मान र पुरस्कार प्रदान गर्ने कार्यक्रम ल्याएको छ ।

Must View