नागरिक पोष्ट News


गायक विदुर घिमिरे हास्य टेलिसिरियल ‘सुइरो’ को निर्देशकमा

2.5K

ललितपुरको चन्दनपुरमा जन्मेर सानैदेखि गायन क्षेत्रमा क्रियाशील रहेका घिमिरे कलाकारितामा लागेर छोटैसमयमा चर्चा बटुल्न सफल भएका छन् । विदुर घिमिरे विद्यालयमा अध्ययन गर्दाको समयमा समेत नाटक मञ्चनमा क्रियाशील थिए । २०७० असोजमा पहिलो एल्बम् ‘दुखाई’ सार्वजनिक गरेका विदुरले अहिलेसम्म करिब ४ दर्जनको हाराहारीमा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । सानैछँदा गाडी दुर्घटनाका कारण पितृ वियोगको सामना गर्नु परेका विदुर आफ्नै आमाको प्रेरणाले गायन क्षेत्रमा प्रवेश गरेको वताउँछन् । गायन क्षेत्रमा करिब ५ वर्षदेखि क्रियाशील रहेका घिमिरे अहिले हास्य चलचित्र सुइरोको निर्माण अभियानमा रहेका छन् । “जतिसक्छौ धेरै कमाएर हेर, झस्केर मस्केर, सम्झना गाढा छ, लगातका गितहरु बजारमा ल्याएर चर्चामा रहेका विदुर घिमिरेले अब गितसंगित क्षेत्रसँगै टेलिसिरियलको निर्देशकको भुमीका निभाउने भएका हुन् । । सुइरोले सामाजिक सांस्कृतिक विकृतिमाथि तिखो व्याङ्ग्य प्रहार गर्ने भएको छ । समाजमा रहेको विकृतिलाई प्रहार गर्दै दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सुइरो हास्यव्याङ्ग्य टेलिसिरियल बजारमा आउन लागेको उक्त सिरियलका निर्देशक विदुर घिमिरेले जानकारी दिए ।  गित संगितमा फड्को मारिसकेका घिमिरेको टेलिसिरियल क्षेत्रमा यो पहिलो पाइला हो । ‘सुइरो’को परिकल्पनाकार मिठाराम केसी रहेका छन् भने कथा(पटकथा ज्ञान बहादुर खडकाको रहने भएको छ । ‘सुइरो’मा मिठाराम केसी, ज्ञानबहादुर खड्का, विनोद कुवर, बर्षा महत, श्रद्धा सिलवाल, सरस्वती घिमिरे, सन्तोष दहाल, कैलाश बजगाई, बर्षा सिलवाल, मिरा विक लगायतको बेजोड प्रस्तुति रहनेछ ।

कलाकारिताले मानिसको भावनालाई छुने भएकोले गीत संगीतको क्षेत्रबाट समाजलाई रुपान्तरण गर्न सकिने वताउँछन् घिमिरे । गीत संगीतले चर्चा बटुल्नका लागि शब्दहरु दमदार हुनुपर्ने वताउँछन् विदुर । विदुरले गाएको गीत ‘हाँस्न सजिलो कहाँ छ र, जस्तो बाँच्न छ ……’ भन्ने गीतले पनि विदुरलाई धेरै चर्चामा ल्याएको हो । केही समय अगाडीमात्रै युवट्युवमा सार्वजनिक भएको ‘काठमाण्डौको धुलोले स्वास्थ्य नै विग्रियो …..’ भन्ने गीत पनि अहिले चर्चामा छ  । 

Must View