नागरिक पोष्ट News


चीनमा के छैन” जब अपार्टमेन्टभित्रबाट रेल कुद्न थालेपछि (भिडियोसहित)

4.9K
  चीनले विकासको क्षेत्रमा गरेका क्रियाकलाप हेर्दा यस्तो लाग्छ कि, चीनमा असंभव भन्न्ो केही छैन । विश्वका सबैभन्दा अग्ला र लामा अथवा शिसाका पुल बनाएर होस् या प्रविधिको प्रयोग गरेर दुनियालाई छक्क पारेका घटना किन नहुन, अन्त जे छैन, चीनमा के छैन भन्ने भान नै पारिदिएको छ चीनले । पछिल्लो समय चीनले रेल मार्गमा गरेको प्रगतीले दुनियालाई आश्चर्यजनक पारिदिएको छ । हिउँ परेका अग्लाा डाँडामा रेल कुद्नु सामान्य हो चीनमा । तर अपार्टमेन्ट भित्रैबाट रेल कुदाएर चीनले अर्को आश्चर्यजनक विकास देखाइदिएको छ ।  अपार्टमेन्टको बिचबाट रेल कुद्छ चीनमा ।  अपार्टमेन्टमा रेल कुद्ने मात्र नभइ त्यहाँ रोकेर यात्रुलाई चढाउने र ओराल्ने गर्छ रेलले ।  दक्षिणी चीनको चोङकुइङ शहरमा करिब ४ करोड नौ लाख जनाको जनसंख्या रहेको छ । सोही शहरको एक अपार्टमेन्टको ६–८ औँ तलामा रेल गुड्छ ।

Must View