नागरिक पोष्ट News


काठमाडौंका ४० सडकमा एकैपटक डोजर चल्दै, कहाँ-कहाँको सडक विस्तार (सूचीसहित)

7.9K
 महानगरपालिकाले ४० वटा सडकलाई मापदण्डअनुसार विस्तार गर्ने भएको  छ । अब काठमाडौं महानगरपालिका भित्रका २३ किलोमिटर साना सडकले आफ्नो वास्तविक स्वरुप पाउनेछन् । अहिले सडक क्षेत्र मिचेर ठड्याइएका सबै भौतिक संरचना हटाउन आग्रह गरिनेछ, अटेर गरेमा डोजर लगाएर हटाइनेछ । महानगरपालिकाले ६० वटा सडकलाई विस्तारको सर्टलिष्टमा राखेको छ । जसमध्ये ४० वटा सडक विस्तारको काम भने यसै वर्ष सुरु   हुनेछ । Image result for road kathmandu

लैनचौरस्थित खानी विभागको मुख्य सडकदेखि नारायणहिटी दरबारको उत्तर क्षेत्र हुँदै नागपोखरीसम्मको साढे २ किलोमिटर सडकखण्डलाई २२ मिटर चौडा बनाउने तयारी छ ।

त्यस्तै चाबहिल चोकदेखि जोरपाटी हुँदै साँखुसम्मको १२ किलोमिटर सडक पनि विस्तार गरिने छ । त्यस्तै जोरपाटीदेखि सुन्दरीजलसम्मको ५ किलोमिटर सडकखण्ड पनि विस्तार हुँदैछ ।  

सडक मिचेर बनाइएका घर टहराहरुलाई भत्काउन २०६८ सालदेखि सुरु भएको थियो । काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपलिकाले सडक विस्तारको काम मिलेर गर्दै आएका छन् ।

आर्थिक वर्ष ०६८/६९ मा काठमाडौं उपत्यकामा ५१ किलोमिटर सडक विस्तार भएको थियो भने ०६९/७० मा जम्मा ७ किलोमिटर सडक विस्तार भयो । आर्थिक वर्ष ०७०/७१ मा ३२.४५ किलोमटिर सडक विस्तार भएको थियो भने ०७१/७२ मा २४ किलोमिटर सडक विस्तार गरिएको थियो ।

सीतापाइलादेखि रामकोट र भीमढुङ्गासम्मको ५ किलोमिटर सडक पनि २२ मिटर चौडा बनाउन लागिएको छ । पेप्सीकोलादेखि खहरेसम्मको ३ किमी सडकखण्ड पनि विस्तार हुँदैछ ।

विस्तार हुने  सडकको सूची

Must View