नागरिक पोष्ट News


जिजुबाजेको घर अगाडि श्री ३ जंगेका नाति पशुपति शम्सेर यसरी कुटिए

3K

 

पशुपति शम्सेरकै शव्दमा ‘राज्य पक्षबाट’ खाएको पहिलो लाठी 

लाठी खाएर रगत बगेपछि एक प्रहरी अधिकृत ‘सरी सर, थाहा भएन’ भन्दै उनी छेउ पुग्दा राणाले ‘हँ रु’ भनेपछि मात्र उनको हियरिङ मेसिन हराएको थाहा भयो । निर्वाचन आयोगविरुद्व राप्रपाले गरेको प्रदर्शनको क्रममा पशुपति शम्सेरले प्रहरीका लाठी खाएका हुन् । कान्तिपथ झडपका क्रममा प्रहरीको लाठी लागेर शम्सेरको खुट्टामा चोट लागेको छ । उनलाई हानेको लाठी छेक्ने क्रममा राप्रपाका एक कार्यकर्ताको अनुहारमै चोट पनि लागेको छ । 

आफूले लाठी खाएर घाइते हुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीबाट आफूले सहानुभूति समेत नपाएको गुनासो पनि राणाले गरे भने, ‘कुनै कारणबिना आक्रमण भयो र उहाँहरुले फोन गरेर मेरो अवस्थाबारे सोधीखोजी पनि गर्नु भएन ।’ राप्रपाले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको विषय निर्वाचन आयोगले हटाएको विरोधमा निर्वाचन आयोग अगाडी प्रदर्शन गरेको हो भने सो विरुद्ध आयोगलाई ज्ञापनपत्रसमेत बुझाएको थियो  । 

तत्कालिन श्री ३ महाराज मोहन शमसेर जंगबहादुर राणाका नाति पशुपति शम्सेर जबराले जन्मिनासाथ जर्नेलको दर्जा पाएका थिए । रोलवाला राणामा ‘क’ श्रेणीका पशुपति समशेर जन्मिँदै श्री ३ महाराजका दावेदार थिए । त्यसैले उनलाई राणा शासन ढलेपछि पनि नेपाली राजनीतिमा ‘नाति जर्नेल’को नामबाट सम्बोधन गरिन्थ्यो ।

पञ्चायतमार्फत राजनीतिमा प्रवेश गरेका राणाले आफ्नो राजनीतिक जीवनमा राज्य पक्षको दमन कहिल्यै सामना गर्नु परेन । उनले राजनीतिक जीवनमा कहिल्यै आन्दोलन वा सडक संघर्ष गरेनन् । तर, ७७ वर्षको उमेर सोमबार सत्तारुढ दलको शीर्षस्त नेतृत्वको हैसियतमै उनले प्रहरीको लाठी खाए । जुन उनकै शव्दमा ‘राज्य पक्षबाट’ खाएको पहिलो लाठी हो ।

Must View