नागरिक पोष्ट News


अब लाइसेन्स लिन दोहोरो लिखित परीक्षा दिनुनपर्ने, लिखित परीक्षामा समेत परिवर्तन

4.7K
सीधै ‘ट्रायल’!मोटरसाइकलको लाइसेन्स लिएकाले कार जीप ट्रकको  लिन फेरि लिखित परीक्षा दिनुनपर्ने  यातायात व्यवस्था बिभागले एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा दिनुनपर्ने व्यवस्था गरेको छ ।  अब एकपटक लाइसेन्समा लिखित परीक्षा पास भएकाहरुले अर्को सवारी चलाउने अनुमति लिन सीधै ट्रायलको फारम भर्न सक्नेछन् ।  सरकारले यसअघि नै एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म सवारी लाइसेन्सका लागि ट्रायल दिन सक्ने ब्यवस्था गरिसकेको छ ।

अब झन वर्ग थप्न लिखित परीक्षा दिनै नपर्ने भएको छ । लाइसेन्स बाहक चालक सवारीको वर्ग थप्न स्वतः ट्रायलका लागि योग्य हुनेछ ।

मोटरसाइकलका लाइसेन्स बोक्नेले सीधै कारको लाइसेन्सका लागि परीक्षा दिन सक्नेछ । कारको लागि लाइसेन्स लिएकाले बसका लागि पनि ट्रायल दिन सक्छन् । अहिलेसम्म लाइसेन्समा बर्ग थप्न पनि दोहोर्‍याएर लिखित परीक्षा दिनुपर्ने बाध्यता छ । trail licence nepalको लागि तस्बिर परिणाम  

ड्राइभिङ लाइसेन्सको परीक्षा प्रश्नपत्रमा भएका परिर्वतन अब सवारी लाइसेन्सका लागि लिखित जाँच दिँदा विषयगत रुपमा उत्तर दिइराख्नुपर्ने छैन किनकी  यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित परीक्षामा सोधिने विषयगत प्रश्नलाई हटाएको छ । अब लाइसेन्सको लिखित परीक्षामा २० वटा अब्जेक्टिभ प्रश्न सोधिने छ र, पासमा हुनका लागि परीक्षार्थीले १० वटा प्रश्नको उत्तर अनिवार्य रुपमा मिलाउनुपर्नेछ । अब सवारीसाधनको प्राविधिक पक्ष, ट्राफिक नियम तथा संकेत र ड्राइभिङमा मुल पक्षहरुमा आधारित भएर प्रश्नहरु सोधिनेछन् । परीक्षार्थीले सही प्रश्नको उत्तरमा चिन्ह लगाएर परीक्षा दिन सक्नेछन् । अहिलेसम्म ८ कक्षासम्म पढेका चालकहरुले लिखित परीक्षा दिँदा विषयगत प्रश्नको उत्तर दिन नसक्ने समस्या धेरै देखिएको छ । यसअघिको लिखित परीक्षामा १९ नम्बरको २ वटा विषयगत प्रश्न सोधिन्छ । जसमा ९.५ अर्थात ५० प्रतिशत अंक नल्याए फेल हुने ब्यवस्था छ ।

Must View