सुन के हो ? जसलाई जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग गरिन्छ किन !
विभिन्न देवी देवताको आभुषणको रुपमा सुनलाई लिने गरिएको छ अर्थात देवी देवताहरुले सुनलाई नै पहिरिने गरेको पाइन्छ । त्यतिमात्र कहाँ होर विभिन्न मठ मन्दिरहरुमा सुन गजुर बनाउने प्रचलन नेपालको पुरानै हो । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथको मन्दिरको गजुर सुनको छ भने ढोकाहरु चाँदीका रहेका छन् । त्यसै सबै देवीदेवताको मन्दिरमा सुन तथा सुनका गर–गहना रहेका हुन्छन् ।
विवाह, ब्रतबन्ध तथा मृत्यु संस्कार जस्ता साँस्कृतिक संस्कारमा पनि सुनको त्यतिकै महत्व रहेको छ । अन्य धातुहरुको तुलनामा सुनलाई बहुमूल्य धातुको रुपमा लिने गरिएको छ । नगद सम्पत्तिको रुपमा लिइने सुनलाई नगद धनको रुपमा पनि लिने गरिन्छ । त्यसैले सुनको महत्व हिन्दु समाजमा मात्र नभएर संसारभरि उक्तिकै रहेको पाइन्छ । कसैले सुनलाई गर–गहनाको रुपमा प्रयोग गर्छन भने कसैले नगद धनको रुपमा, यतिमात्र भिन्नता हो ।