नागरिक पोष्ट News


उदाहरणीय सामाजिक हातहरु जसले चार सय वटुकहरुलाई सामूहिक जनैधारण गराए

5.9K
रक्षा नेपालको आश्रयमा रहेका ५ कुमारहरुले सामूहिक जनैधारण गरे  प्रस्तुति : भरतराज उप्रेती यहाँ धन होइन मन हुनुपर्दछ । सामाजिक सेवा गर्न मनभित्रैदेखिको भावना पलाउनुपर्दछ भन्ने कुराको उदहरणीय काम भएको छ चार सय जना वटुकहरुलाई जनै धारण गराउने कार्यक्रम । नेपाली संस्कृति र परम्पराको रुपलाई ज्वलन्त बनाउने काम भएको छ, रक्षा नेपाल, शिव सेना नेपाल र समाजसेवी हात मनिष पोखरेल बाट । रक्षा नेपालको आश्रयमा हुर्केका ५ जना कुमारहरुले पनि सामूहिक जनैधारण गरेका छन् । जसमा मामाको भूमिका मेरा आदरणीय दाजु मनिष पोखरेलज्यु ले निभाउनुभएको थियो, मेनुका थापाको शब्दमा । चार  सय बटुकहरुलाई एकै ठाउमा भेला परि निःशुल्क सामूहिक समावेसी जनैधारण  ब्रतबन्ध  कार्यक्रमको व्यवस्थापन भने शिव सेना नेपालले गरेको थियो । धन्यवाद अनि साधुवाद छ मेनुका थापा, रक्षा नेपाल, मनिष पोखरेल र शिव सेना नेपाललाई । यसै गरी सामाजिक सेवाका हातहरु अगाडी बढिरहोस् शुभकामना छ । साथै यस्ता उदाहरणीय सामाजिक कामको अनुकरण हामी सबैले गर्न सके सबल सक्षम समाज र समृद्ध नेपाल बन्न बेर लाग्ने थिएन । स्रोत  :मेनुका थापाको फेसबुक वाल

Must View