नागरिक पोष्ट News


नक्कली डाक्टर विरुद्धको कारबाही अदालतले उल्टाइदिएपछि ..प्रहरीको अप्रेशन ‘क्वाक’ अन्योलमा

3.7K
 काठमाडौं । अप्रेशन ‘क्वाक’ अर्थात नक्कली डाक्टरहरु विरुद्धको कारबाही ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो गत वर्ष असाढमा नक्कली डाक्टर विरुद्ध चलाएको कारवाहीलाई जिल्ला अदालत काठमाडौंले प्रहरीको दाबी अनुसारको ५६ जना पक्राउ परेका कुनै पनि डाक्टर नक्कली नभएको फैसला सुनाएपछि नक्कली डाक्टरको आरोप लागेका ५६ जना डाक्टरहरु सबै आ–आफ्नो कार्यक्षेत्रमा फर्केर काम सुरु गरेका छन् ।

श्रोतका अनुसार सजिलै डाक्टर बन्नका लागि ५० लाखसम्म खचिएर डाक्टर बनेर वर्षौ सम्म नक्कली सर्टिफिकेटको आधारमा काम गरिसकेका र मान प्रतिष्ठा कमाई सकेकाहरुले डाक्टरी मान्यता नखोसियोस भनेर प्रहरीसँग कै सेटिङमा मुद्धा कमजोर बनाएर अदालतमा पेश गरेको रहस्य खुलेको छ ।

स्रोत भन्छ प्रहरी र सरकारी वकिलमा सेटिङ मिलाउन प्रति डाक्टरले २० लाखदेखि २५ लाखसम्म थप नजराना बुझाएका छन् । ५९ जना डाक्टरले बुझाएको यो रकम करोडौं रहेको छ । तर सिआईबीका प्रमुख नवराज सिलवालले भने जिल्लाले मुद्धा हराएको हुँदा पुनरावेदन अदालतमा मुद्धा दायर गरेको दाबी गरेका छन् ।

अप्रेशन ‘क्वाक’ मापरेका ५९ जना मध्ये अधिकांश डाक्टर भएकहरु मधेसी मूलका छन् । उनीहरुले पेश गरेको शैक्षिक योग्यताको प्रमाण पत्र बिहार शिक्षा बोर्ड र विश्वविद्यालयका छन् । एक हजार शैक्षिक योग्यताको प्रमाण पत्र मध्ये एकसय वटा आइएसीको सर्टिफिकेट मेडिकल काउन्सिलमा बुझाएको फरक फरक नामा समेत भेटिएको छ ।

२०७२ मंसिरमा मेडिकल काउन्सिलको परिक्षा दिने दुई परिक्षार्थी सुनिल मण्डल र निरज शर्माले नविन यादव र निरज साहको नाममा परिक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेपछि डाक्टरहरुको परिक्षामा समेत परिक्षा दिनेले मोटो रकम खाएर अर्काको लागि परिक्षा दिई रहेको तथ्य उजागर भएको छ । अर्थात हिन्दू चलचित्र मुन्ना भाई एम.वि.वि.एस.का फिल्मको यो घटनाले दिएको छ ।

एस.एल.सी. फेल भएकाहरुले भारतका स्कुलहरुबाट नक्कली सर्टिफिकेट समेत ल्याएर पेस गरेको पाइएको छ । नक्कली र शंकास्पद सर्टिफिकेटहरुको छानविन नै नगरी नेपाल मेडिकल काउन्सिलका पदाधिकारीले पनि मोटो रकम खाएर डाक्टरको लाइसेन्स वितरण गरेको कारण नै नक्कली डाक्टरको संख्या धेरै देखिएको प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निकै तामझाम र प्रचार गरेर नक्कली डाक्टरहरु विरुद्धको कारवाहीलाई जिल्ला अदालतको फैसलाले उल्टाई दिएपछि सीआईबी उत्तानो टाङ भएको छ । नक्कली डाक्टर भनेर प्रचारमा ल्याइएका नामका व्यक्तिहरुले प्रहरीले अदालतको फैसला अघि नै आफूहरुलाई अपराधि घोषित गरेर आफूहरुको मान प्रतिष्ठानमा आघात पुर्याएको दाबी गरेका छन् ।

प्रहरीले कारवाही चलाएको अप्रेशन ‘क्वाक’ मा नक्कली प्रमाणपत्रधारी डाक्टरहरु छन् त्यसमा कुनै शंका छैन । तर पछिल्लो समय प्रहरी, डाक्टर र सरकारी वकिलको मिलेमतोमा जसरी अदालतमा मुद्धा कमजो र बनाएर प्रस्तुत गरियो त्यस भित्र भने करोडौंको चलखेल भएको बताइन्छ ।

श्रोतका अनुसार नक्कली डाक्टरहरुको मुद्धा मिलाउने र विचौलियाको काम नोबेल मेडिकल कलेजका डाक्टर सुनिल शर्माले गरेका थिए । यद्यपी सुनिल शर्माकै प्रमाणपत्र नक्कली भएको सीआइबीले फेला पारेपछि सुनिल शर्मा ६ महिना भागेर जापान बसेपछि प्रहरी संगको लेनदेन मिलेरपछि फर्किएका हुन् ।

अप्रेशन ‘क्वाक’ पछि चिकित्सा क्षेत्र त बदनाम भएकै छ । त्यो भन्दा बढी बदनाम प्रहरीले मुद्धा कजमोर बनाएर आर्थिक चलखेलका भरमा मुद्धा हारेपछि भएको छ । मेडिकल काउन्सिलले विदेशमा पढेर आउने डाक्टरसँग लिएको परिक्षामा आर्थिक लेनदेन नमिल्दा एउटै विद्यार्थी १९ पटकसम्म फेल भएको रेकर्ड फेला परेको छ ।

प्रहरीले नक्कली डाक्टर भनेर दाबी गरेका अधिकांश डाक्टरहरु २००८ भन्दा अघि डाक्टर भएकाहरु छन् । २००८ पछि भने विदेशमा अध्ययन गर्न जानु अघि अनुमती पत्र लिनु पर्ने प्रावधान बनाइएको छ । हालसम्म मेडिकल काउन्सिलमा १७ हजार डाक्टर दर्ता छन् ।

भने एक हजार डाक्टरको प्रमाण पात्र शंकास्पद छ । जस मध्ये ५६ जना डाक्टरलाई प्रहरी अनुसन्धानले नक्कली डाक्टर घोषित गरेको छ । तर ती सबै अदालतको फैसला पछि आफ्नो कार्यक्षत्रे फर्केर नियमित बिरामी हेरेर औषधी सिफारिस गरी रहेका छन् ।

यहाँ बुढी मरी भन्दा पनि काल पल्किएको छ । डाक्टर, प्रहरी, दलाल र न्यालय समेत आर्थिक चलखेलमा मुछिएपछि अब जनताले कसको भरोसा र विश्वास गर्ने ? भन्ने ठूलो प्रश्न उब्जिएको छ ।

- Newsabhiyan

Must View