नागरिक पोष्ट News


टेलिभिजनको लाइभ अन्तरवार्तामा बाणिज्य मन्त्री रोमी गौचन थकालीले पत्रकारको सातो खाएपछि...

3.7K
 माउन्टेन टेलिभिजनलाई वाणिज्य मन्त्री रोमी गौचन थकालीले दिएको एउटा अन्तरवार्ता अहिले चर्चामा छ । पत्रकार सुनिल दाहालले ‘माउन्टेन फोकस’ कार्यक्रमको ४३ मिनेट लामो उक्त लाइभ अन्तरवार्तामा मन्त्री थकालीले पत्रकारको सातो यसरी खाए ।   हेर्नुहोस् बाणिज्य मन्त्रीको आक्रोश भिडियो  पत्रकारले सोधे, ‘मन्त्रालयमा आउँदा तपाईंको अगाडि कुनै सवारी साधन आयो भने तपाईं आफ्नो सवारी साधनबाट झरेर ‘मन्त्रीको गाडी पछाडि हुँदा तैंले बाटो छोड्नुपर्दैन ?’ भन्दै गाली गर्दैं हिँड्नुहुन्छ रे, हो ?’   यो प्रश्नले भने मन्त्री थकालीको पारो तात्यो । उनले उत्तेजित भएर भने, ‘कसलाई गाली गरेँ ? मेरो अगाडि उभ्याउनुस् । मसँग नीतिगत कुरा गर्नुस, होइन भने मैले जवाफ दिनुपर्ने कुनै जरुरी छैन । पर्सनल कुराको जवाफ म दिन्न । पत्रकार भन्दैमा जथाभावी प्रश्न सोध्न मिल्छ ? नीतिगत कुरा गर्नुस, होइन भने म स्टुडियोबाट बाहिर जान्छु ।’   यति भनेर मन्त्रीले कोटबाट माइक झिक्छन् र हातमा लिन्छन् । अन्तरवार्तामा मन्त्री हाबी देखिन्छन् भने पत्रकार निकै प्रतिरक्षात्मक । नेपाली कांग्रेसभित्र तार्किक र प्रखर वक्ताका रुपमा चिनिन्छन् रोमी गौचन थकाली । ५७ वर्षीय थकाली मुस्ताङबाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । उनी आफूले सम्हालेका मन्त्रालयमा राम्रो विज्ञता राख्ने प्रयास गर्छन्, अञ्जान भएर बस्दैनन् । सामान्य पारिवारिक पृष्ठभूमिका उनी मिहिनेती र इमानदार नेताका रुपमा पनि चिनिन्छ ।  

Must View