नागरिक पोष्ट News


एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा शुरु (तालिकासहित)

6.2K
परीक्षामा ५ लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी  एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक माद्यमिक शिक्षा परीक्षा यसपटक आगामी चैत ३ गते बाट शुरु भएको छ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्ऽ निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको हो ।

परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा, त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ । यस वर्षको परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि १ हजार ९ सय २३ केन्द्रको व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि १ हजार ९ सय २३ जना केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ जना सुरक्षाकर्मी गरी ६७ हजार ५ सय ९१ जना जनशक्ति परिचालन हुनेछन् ।

Must View