नागरिक पोष्ट News


पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७” अभियान

4K
पाटाले “पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७” अभियान शुरु गरेको छ । नेपालको पर्यटन क्षेत्रमा सबल जनशक्तिको विकास गर्ने उद्देश्यले पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने माध्यमको रुपमा अभियान सञ्चालन गरिएको पाटाले जनाएको छ  ।  अभियानले विद्यार्थीहरुको  योग्यता, क्षमता र सिपलाई नेपाली पर्यटन विकासका लागि जोड्नेछ ।   यस अभियान अन्र्तगत पब्लिक स्पिकिङ्ग, कन्टेन्ट राइटिङ्ग, टुरीजम प्रोजेक्ट डेभलपमेन्ट, ट्ेक फर टुरीजम् र प्रोमो भिडियो गरी विभिन्न ५ वटा विधामा अन्तर कलेज प्रतियोगिताहरु संञ्चालन हुनेछन् ।   अभियान अन्र्तगतको “पब्लिक स्पिकिङ्ग” पहिलो काठमाण्डौको मण्डिखाटार स्थित गेट कलेजमा सम्पन्न भएको छ । प्रतियोगितामा पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्थाहरु गेट, नाथम, क्याथ, एनसिटिटिएम, मिडभ्याली, पब्लिक युथ र आईएसटिबाट १५ जना बिद्यार्थीहरुले भाग लिएका थिए । सहभागिहरुमध्ये आईएसटि कलेजकी छात्रा पेरिश्मा शर्मा विजयी भएकी छिन् । विजेताले पुरुस्कार स्वरुप आगामी मे  १८–२१ मा श्रीलङ्कामा आयोजना हुने पाटा एनुअल समिट् २०१७ मा पाटा नेपालको सौजन्यमा सहभागि हुने अवसर प्राप्त गरेकी छिन् ।  कार्यक्रमको उद्घाटनमा पाटाका अध्यक्ष श्री सुमन पाण्डेले स्वागत मन्तब्य राख्दै पाटा नेपालको दक्ष जनशक्ति निर्माण तथा नेपाली पर्यटन क्षेत्रका नयाँ पुस्तामा नेतृत्व सिप अभिवृद्धि गर्ने उद्देश्यले पाटा नेपालले यो अभियान अघि सारेको बताउनुभयो । सो कार्यक्रममा संस्कृती पर्यटन तथा नागरीक उड्डयान मन्त्रालयका पूर्व–सचिव श्री दिपेन्द्र पुरुष ढकाल, नाथम कलेजका भूपु प्राचार्य श्री उज्वल सत्याल र भोग एड् एण्ड ईभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत श्री प्रभात रिमाल ज्यूले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नु भएको थियो । निर्णायक मण्डलका तर्फबाट बोल्दै श्री दिपेन्द्र पुरुष ढकालले पाटा नेपालले नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण एवं आवश्यक पहल अघि सारेको बताउदै नेपाललाई अन्य गन्तब्यहरुसंगको प्याकेजमा भन्दा एक आत्मनिर्भर गन्तब्यको रुपमा प्रर्वद्धन गर्नुपर्ने खाँचो रहेको औल्याउनुभयो ।  

Must View