कोटेश्वर व्यापारी अपहरणमा नेपाल प्रहरीका दुई सईको संम्लग्नता रहेको खुलासा
3.3K
नेपाल प्रहरीको बद्नाम गराउने दुई सइ जसले कोटेश्वरबाट व्यापारी अपहरण
गरेर २५/ २५ लाखको चेक लिएर सहयोग पुर्याएका थिए
अपराध महाशाखामा नै कार्यरत सइ सम्बत तामाङ र गौशाला प्रहरीका सइ सुर्य लामाको कोटेश्वर व्यापारी अपहरणमा संम्लग्नता रहेको देखिएको छ । आर्थिक प्रलोभनमा परी अपहरणमा सहयोग पुर्याएको पुष्टि भएपछि महानगरीय अपराध महाशाखाको टोलीले प्रहरीका सइ सुर्य लामासहित थप २ जनालाई पक्राउ गरेर कारवाही चलाएको छ । राजुकमार गुरुङ र अर्पणकुमार लामासँग मिलेर उनीहरुले गत माघ १ गते कोटेश्वरबाट म्यानपावर ब्यवसायी बद्री राइको अपहरण गरेका थिए। उनीहरुले राइसँग २५ २५ लाखको ४ वटा चेक लिएका थिए भने २५ लाखको तमसुक बनाएका थिए। अनुसन्धानका क्रममा प्रहरीको समेत सम्लग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेर आवश्यक कारवाही चलाईएको अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।