नागरिक पोष्ट News


स्टान्डर्ड चार्टर्डको एफपीओ खुल्यो, चैत्र ४ गतेसम्म भर्न पाइने, लाइन बस्न नपर्ने

3.7K
स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ शेयर खुलेको छ । एफपीओमा चैत ४ गतेसम्म आवेदन दिन पाइनेछ । चार्टर्डले प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले एफपीओ ल्याउन लागेको हो । आवेदकले  प्रतिकित्ता १२ सय ९० रुपैयाँ आवेदन दिन दिन पाउनेछन् । स्टान्डर्ड चार्टर्ड २५ लाख ५८ हजार १४० कित्ता एफपीओ सर्वसाधरणका लागि खुल्ला गरेको हो । बैंकको एफपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता (१२ हजार ९ सय रुपैयाँ) देखि अधिकतम २५ हजार ८८० कित्ता ९३ करोड ३३ लाख ८५ हजार २०० रुपैँया० सम्म आवेदन दिन सक्नेछन् । बजार मूल्य भन्दा उल्लेख्य रुपमा सस्तो रहेको यो कम्पनीको एफपिओमा अहिले लगानीकर्ताको निकै आकर्षण छ । आश्वा लागू भएका बैंकका ग्राहकहरुले स्टान्डर्ड चार्टर्डको एफपीओ भर्न लाइन बस्न र चेक बुझाउनुपर्ने छैन । उनीहरुले आफ्नो खाता रहेको बैंकमा गएर फर्म भरेपछि स्वत चाहेको जति एफपिओमा आवेदन गर्न सक्नेछन् । यसको शुल्क १०० रुपैंया रहनेछ । हिमालयन बैंकका ग्राहकहरुले स्टान्डर्ड चार्टर्डको एफपीओमा आवेदन गर्न सक्नेछन् ।  

बैंकको सेयरले इक्रा नेपालबाट २ प्लस रेटिङ पाएको थियो । बैंकको सम्रग वित्तीय अवस्था र भविष्यको सम्भावनाको आधारमा दिइने यो रेटिङले बैंकको आधारभुत पक्ष औसतभन्दा राम्रो रहेको संकेत गर्छ ।

सकारात्मक पक्ष 

विश्व बिख्यात स्ट्याण्डर्ड चार्टर्ड समूहको ७५ प्रतिशत लगानी एससीबी युकेको प्राविधिक सहयोगले सञ्चालनमा उत्कृष्ट अभ्यास कम पुँजी लागत (१ प्रतिशत) बचत र चल्ति निक्षेपको हिस्सा ७५ प्रतिशत (जबकी समग्र बैंकिङ क्षेत्रमा औंसतमा ५० प्रतिशत रहेको छ । ) स्वस्थ सम्पत्ती (भाका नाघेको कर्जा २.३९ प्रतिशत/ तर कहिलेकाँही ८ माथी पनि पुग्ने गरेको) २४ प्रतिशत वृद्धिदर स्थानिय स्तरमा समेत उपस्थिती रहेका अन्तराष्ट्रिय ग्राहकसँगको लामो सम्बन्ध खराब कर्जा ०.३१ नन् पफर्मिङ एसेटको तुलनामा नेटवर्थ ०.५५ प्रतिशत कुल सम्पत्तीमा गैर ब्याज आम्दानी १.६० प्रतिशत

नकारात्मक पक्ष

निक्षेपमा सुस्त वृद्धि (समग्र क्षेत्रमा २१ प्रतिशत हुँदा बैंकको ११ प्रतिशत वृद्धिदर) देशभर मात्रै १२ शाखा संख्या निक्षेप र कर्जामा केन्द्रकृत जोखिम (प्रमुख २० ग्राहकमा कर्जा ४४ प्रतिशत, निक्षेप ३६ प्रतिशत) घट्दो सम्पत्तीमा प्रतिफल (१.९८प्रतिशत) घट्दो नेटवर्थमा प्रतिफल (१९प्रतिशत/सन् २०१२ मा ३० प्रतिशत ) घट्दो खुद ब्याज मार्जिन (२.८६ प्रतिशत/सन् २०१२ मा ३.७९ प्रतिशत)

चुनौती

राष्ट्र बैंकले तोकेको स्प्रेड गत वर्षबाट पूर्ण लागु गरेयता बैंकको मुनाफा वृद्धिमा सुस्ति चुक्ता पुँजीमा वृद्धिसँगै प्रतिफल मध्यम हुने

आवेदन दिन सकिने स्थान :

 

Must View