नागरिक पोष्ट News


पेट्रोल छैन : काठमाडौंमा इन्धन अभाव

3K
 आपूर्ति बढाएको  निगम प्रवक्ता सीताराम  पोख्रेलको दाबी काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ। निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए। बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको प्रवक्ता पोख्रेलले बताए। ‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि ४ लाख लिटरसम्म पेट्रोलको माग थियो, पुल्चोकको साझा सहकारीमा बुधबार बिहानदेखि मोटरसाइकल–स्कुटर र चारपांग्रे सवारीसाधनको बाक्लो लाइन थियो। उपत्यकामा सरकारी स्वामित्वको संस्थाका ८ वटा पम्प छन्। यी पम्पले निजीभन्दा दोब्बर परिमाण इन्धन वितरण गर्ने गर्छन्। उपत्यकामा इन्धन वितरण गर्ने निगमको थानकोट डिपोमा पर्याप्त भण्डारण गृह नहुँदा समस्या बारम्बार दोहोरिँदै आएको छ। हाल थानकोट डिपोमा पेट्रोलको १० लाख लिटर क्षमताको एउटा मात्रै भण्डारण गृह छ। अर्को भण्डारण गृह बिग्रिएको छ। उपत्यकामा माग बढेर आठ–नौ लाख लिटर पुग्दा सो भण्डारण गृहले अपुग हुने गरेको छ र अमलेखगन्जबाट ट्यांकरमा ओसारेको इन्धन सोझै पम्पमा लैजानुपर्ने बाध्यता छ।

Must View