होलीको दिन यसरी हुदैछ मापसे चेकिङ
6.7K
ट्राफिक प्रहरीले होलीमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर विशेष सतर्कता अपनाएको छ। होलीमा पर्वलाई दुर्घटना रहित र सुरक्षित बनाउने प्रहरीले विशेष सतर्कता अपनाएको जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा ट्राफिक नियम उंलघन गर्न रोक्नको लागि कडाइका साथ ट्राफिक चेकिङ गरिने जनाईएको छ । त्यस्तै ट्राफिक प्रहरीले दिनैभर मापसे चेकिङ समेत गर्ने छ।
राजधानीका बिभिन्न स्थानमा प्रहरीले सुरक्षा जाँच पोष्ट नै खडा गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीका अनुसार होलीका लागि काठमाडौं परिसरले एक हजार प्रहरी परिचालन गरेको छ । त्यस्तै, १ सय ७ स्थानमा चेकिङ तथा पिकेटहरु राखिएका छन् ।
मादक पदार्थ एवम् लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउने, विदेशी पर्यटकहरुमाथि जबर्जस्ती रङ लगाउनेलाई कारबाहीको दायरामा आउने एसएसपी जोशीले बताए ।
यसरी हुदै छ चेकिङ
बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म मापसे चेकिङ गरिने, ७ बजे पछि भने नियमित चेकिङ। ५३ वटा चेकिङ प्वाइन्ट। ११ वटा मोबाइल चेकिङ। नियमित बाहेक ५४६ जना ट्राफिक खटिने, काठमाडौंमा १२१४ जना ट्राफिक चेकिङमा सक्रिय। सेक्टर विभाजन गरी प्रहरी नायव उपरीक्षकको कमाण्डमा अनुगमन।