बन्द प्रभाव शून्य : सवारी साधन बजार पसल सबै खुले, हेर्नुहोस् बन्दकर्ताले कहाँ कहाँ के गरे !
भारतीय प्रहरीले नेपाली भूमिमा आएर नेपालीमाथि नै गोली हान्दा समेत सरकारले कुनै ठोस कदम नचालेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बन्दको आहृवान गरेको हो ।
नेपालबन्दका पूर्वसन्ध्यामा कम्युनिस्ट पार्टीद्धारा देशभरि भारतीय नम्बर प्लेटका गाडीमा आगजनीकन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले फाल्गुन २८ गते शनिबार आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकासहित देशैभरको जनजीवन बिहानैबाट प्रभावित भएको छ ।
बन्दका कारण बिहानैबाट सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार पसल तथा कलकारखनाहरु पनि ठप्प रहेका छन् ।बन्दमा कुनै अप्रिय घटना हुन नदिन बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच काठमाण्डौका विभिन्न स्थानबाट दर्जनाैं नेता कार्यकर्ता पक्राउ परेका छन् । पाेखराबाट जिल्ला जनसरकार प्रमुखसहित १० जना, काठमाडाैंबाट चार जनालगायत देशैभरिबाट प्रहरीले गिरफ्तार गरेकाे जनाएको छ ।
बन्दका क्रममा बन्दकर्ता कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले भारतीय नम्बर प्लेटका गाडीहरुमा आगजनी र तोडफोड समेत गरेका छन्
नेपालबन्दको पूर्वसन्ध्यामा उपत्यकासहित देशैभरि मशाल जुलुश