पोलेको नेपाली मःमको स्वादमा आधुनिक नेपाली फुड फेष्ट
हामीले मःमका सबै प्रकारको स्वाद चाखिसकेका छौं तर आगोको भुग्रोमा पोलेको मःम सायद कमैले मात्र खाएका होलाउ । पोलेको आलुको स्वाद पाएका हामी पोलेको मःम पाए नखाने त पक्कै छैनौं । होलीको अवसर पारेर यही फाल्गुन २७, २८ र २९ गते ग्यास्टोनोमी आधुनिक नेपाली फुड फेष्ट हुदैछ । जहाँ एक सय रुपैयाँमा आधुनिक नेपाली खानको मज्जा लिन पाइनेछ भने पोलेको मःम र लेकाली चेकन विशेष आकर्षण रहनेछ ।
३ दिनसम्म हुने आधुनिक नेपाली फुड फेष्ट सम्राट गार्डेन रेष्टुरेन्ट, रेडहन पुल सामाखुशीमा हुने आयोजकले बताए । सेफ महेश ढकाल र ग्यास्टोनोमी पर्यटन अभियानकर्ता सुरेशचन्द्र बस्नेतको युवा टिमले नेपाली खानको स्तरलाई आधुनिक स्वादमा पस्कनेछन् भने यो खाना हाइजेनिक र स्वास्थ्यवद्र्धक समेत रहेको दाबी सेफ महेश ढकालको छ ।
पर्यटन सत्कार र उद्योग क्षेत्रमा विगत ५ वर्षदेखि काम गर्दै आएको हस्पिटालिटी फाउण्डेसन अफ नेपालले यो फुड फेष्ट गर्न लागेको हो । नेपाली खानको आधुनिकी परिकारहरुको प्रबद्र्धन गर्ने उद्देश्यले यस फाउण्डेसनले एक दर्जनभन्दा बढी हस्पिटालीटि इभेन्टहरु गरिसकेको जनाएको छ ।