नागरिक पोष्ट News


यी ५ कुराले बताउँछ, अब उनले तपाईंलाई प्रेम गर्न छाडिसके

7K
 प्रेममा यस्तो समय पनि आउँछ जब तपाईंमध्ये एकले असुरक्षित महसुस गर्नु हुनेछ । तपाईं स–सानो कुरामा पनि रिसाउन थाल्नुहुन्छ किनभने तपाईंको पार्टनर तपार्ईंसँग बिस्तारै टाढा भइरहेका छन् । सम्बन्धमा त्यो ‘चार्म’ रित्तिँदै जान्छ जुन तपाईंहरु दुबै बिच कुनै बेला हुने गर्दथ्यो । हुनसक्छ तपाईंको यो डर आधारहिन पनि हुनसक्छ किनभने समयसँगै हरेक व्यक्तिको व्यवहारमा परिवर्तन आउने गर्दछ ।

त्यसकारण कुनै नतिजामा पुग्नु पहिले आफ्नो सम्बन्धमा सम्भावना खोज्नुहोस् र नियाल्नुहोस् । तर कसरी ? जब साथीको व्यवहारमा यी ५ कुरा देख्नुभयो भने बुझ्नुहोस्, अब तपाईंको पार्टनर तपाईंलाई प्रेम गर्दैैनन् । अब तपाईंले पनि ‘मुभ अन’ हुन आवश्यक छ ।

उनको भविष्यको योजनामा तपाईं नहुनुः

नयाँ नयाँ प्रेम होस् वा नयाँ विवाह, दुबै स्थितीमा पार्टनर मिलेर घण्टौंसम्म भविष्यको योजना बुन्ने गर्दछन् । यदि तपाईंसँग यस्तो भइरहेको छैन वा तपाईंको पार्टनर तपाईंको भविष्यका योजनाहरुमा केही चासो दिँदैनन् अथवा तपाईंसँग सम्बन्ध अघि बढाउने कुरा गर्न चाहँदैनन् भने तपाईंले बुझ्नुहोस् कि अब तपाईंको पार्टनरले तपाईंलाई मन पराउन छाडिसके ।

मेसेजको जवाफ नदिनुः

पटक–पटक मेसेज गर्दा पनि तपाईंको पार्टनरले मेसेजको जवाफ दिँदैनन् वा निकै धेरै समयपछि मात्र जवाफ फर्काउँछन् भने तपाईंको पार्टनरले तपाईंलाई बेवास्ता गरिरहेका छन् र यो सम्बन्धमा उनको कुनै रुची छैन ।

समय नदिनुः

यदि तपाईंहरु दुबै कामकाजी हुनुहुन्छ भने तपाईं दुबैसँग समयको अभाव हुनसक्छ । यस्तोमा सँगै समय बिताउनका लागि तपाईं कोसिस गर्नुहुन्छ, डिनरको प्लान बनाउनुहुन्छ वा विकेन्डमा मुभी हेर्ने योजना बनाउनुहुन्छ तर तपाईंको पार्टनरले यसका लागि केही पहल गर्नुहुन्न भने तपाईंले सोच्ने बेला आएको छ । तपाईंले भेटौं भनेको समयमा पनि काम धेरै छ वा निकै व्यस्त छु भन्ने बाहना बनाइरहन्छन् भने तपाईंको पार्टनर अब तपाईंप्रति आकर्षित छैनन् ।

पटक पटक गल्ती देखाउनुः

सम्बन्धमा कुनै जोडीले एक अर्काको कमीलाई यदि लुकाउँदैनन् भने पटक पटक यसबारे कुरा पनि गर्दैनन् । तर तपाईंको केसमा यस्तो भइरहेको छैन र तपाईंको साथीले तपाईंको स–साना गल्ती र कमीलाई देखाउने गर्दछन् भने तपाईंको पार्टनर तपाईंसँग प्रेम गर्दैनन् भन्ने बुझ्नुहोस् ।

नजिक नहुनुः

दुई व्यक्ति जब प्रेममा पर्दछन् तब नजिकिनु स्वभाविक हो । विवाहित भइकन पनि तपाईंको साथी तपाईंको नजिक आउँदैनन् र तपाईंमाथि प्रेम दर्साउँदैनन् भने तपाईं सावधान हुन जरुरी छ ।

Must View