नागरिक पोष्ट News


स्थानीय चुनाव नभए संविधान असफल हुन्छ : बानियाँ

3.8K
 रबिन प्रसाद थपलिया, काठमाडौं रक्तदान जीवन दान : इन्द्रमान महर्जन

नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानीयाँले स्थानीय निकायको र्निवाचनको तयारीमा जुटन सबैलाई आग्रह गर्नुभएको छ । पञ्चकन्या जागरण मञ्चद्धारा काठमाडौंको तारकेश्वर नगरपालीका १९ स्थीत इन्द्रायणी पुलमा आयोजीत रक्तदान कार्यक्रममा बोल्दै बानीयाँले स्थानीय निकायको र्निवाचनमा नगएमा संविधान असफल हुने दावी समेत गर्नुभयो । उहाँले नेपाललाई समुन्नत बनाउन र जनतालाई अधिकार सम्पन्न गराउनका निम्ती स्थानीय निकायको बिकल्प नभएको बताउनुभयो । कार्यक्रममा बाग्मती एकिकृत विकास समितिका सदस्य तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनले रक्तदान जीवन दान भएकाले रगत दान दिनको लागि कसैले कन्जुस गर्ननहुने बताउनुभयो ।  कार्यक्रममा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सीनाले बजारमा अखाध्य बस्तुको मिसावटले जनताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको भन्दै मिसावट गर्नेहरुको बिरुद्धमा उजुरी गर्न आग्रह गर्नुभयो ।  कार्यक्रममा टोखा नगरपालीका अनुगमन समिति सदस्य राजाराम पुडासैनी, नेपाली काँग्रेस क्षेत्र नं ६ काठमाडौंका कोषाध्यक्ष कृष्णहरी महर्जन, नेपाली काँग्रेस तारकेश्वर नगरपालीका १९,२० र २१ वडाका सभापतिहरु क्तमश कपिल महर्जन, कुमार राई र कविराज बस्नेत, नेपाली काँग्रेस मनमैजुका संस्थापक एवं पुर्व इकाई सभापति कान्छा मर्हजन,बासुकी टोल सुधार समितिका अध्यक्ष शंकर पौडेल, शान्ति नगर टोल सुधार समितिका अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल महिला साविक मनमैजुका सभापति रत्न महर्जन, जागृत महिला समुहकी अध्यक्ष उमा कुंवर, इन्द्रायणी महिला समुहकी अध्यक्ष तारादेवी जुग्जाली, मितेरी टोल सुधार समितिका अध्यक्ष प्रदिप केसी, समाजसेवी बुद्धिजीवी दान प्रसाद अधिकारी,नेपाल साम्भो महासंघका महासचिब उत्तम श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।  पञ्चकन्या जागरण मञ्चका अध्यक्ष हरिदास बैरागीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ६० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको संस्थाका सचिब रमेश पाण्डेले जानकारी दिए ।

Must View