नागरिक पोष्ट News


सन्नीले जस्टिन बिबरसँग कम्मर मर्काउने

3.3K
 बलिउडमा सफलताको खुड्किलो चढिरहेकी सन्नी लियोनीले अर्को एउटा सुन्दर अवसर पाएकी छिन् । उनले प्रख्यात गायक जस्टिन बिबरसँग स्टेज सेयर गर्ने मौका पाएकी हुन् ।

जस्टिनले १० मेका दिन मुम्बईमा एउटा कन्सर्ट गर्दैछन् । यस कन्सर्टको तयारी जोडतोडले चलिरहेको छ । अब यस कन्सर्टलाई अझै रोमाञ्चक बनाउन आयोजकले यसमा मसला थप्ने कोशिश गरेका छन् ।

समाचार अनुसार यस कन्सर्टमा बलिउड अभिनेत्री सन्नीले जस्टिनको गीतमा नाच्नेछिन् । आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रा पछि यो कन्सर्टमा सन्नीको नाम जोडिएको हो ।

यो निर्णय यसकारण गरिएको हो कि सन्नी भारतमा मात्र नभएर विदेशमा पनि चिनिएकी छिन् । जस्टिनको पर्पज वल्र्ड टुर मुम्बईको डीवाई पाटिल स्टेडियममा हुनेछ । बलिउड कलाकारका साथमा क्रिकेटरहरुलाई पनि यस कार्यक्रममा जोड्ने प्रयास भइरहेको छ । यस कन्सर्टमा ठूलो भिड जम्मा गरिने आयोजकको दावी छ । यसको टिकट चार हजार रुपैयाँबाट सुरु हुन्छ ।

Must View