नागरिक पोष्ट News


बलिउड अभिनेता अर्जुन रामपालको आँखामा चोट

4.4K
 बलिउड अभिनेता अर्जुन रामपालको एउटा आँखामा चोट लागेको छ । आँखामा चोट लागेका कारण उनलाई हेर्न समस्या भएको उनले बताएका छन् । आँखामा पट्टी भएका कारण हेर्न केही समस्या हुने गरेको भन्दै अर्जुनले ठूलो चोट भने नभएको बताएका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर अपलोड गर्दै अर्जुनले एक आँखामा पट्टी लगाएर हिँड्नु मुस्किल रहेछ भन्ने महसुस गरेको छु भनेका छन् ।

तर, चोट लाग्नुको कारण भने उनले बताएका छैनन् ।

Must View